काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालमा देखिएको विवाद निरुपण गर्न निर्वाचन आयोगले इजलास गठन गर्ने निर्णय गरेको छ ।
आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँचै जना आयुक्त रहने गरी बुधबार इजलास गठन गरेको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले साउन ३ गते बिहान ११ बजे जसपा विवाद निरुपणबारे इजलास बस्ने भएको छ । इजलासमा जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षलाई बोलाइएको छ ।
आयोगले मंगलवार जसपाका अध्यक्षद्वय ठाकुर र यादव पक्षसँग विवाद मिलाउन छलफल गरेपनि सहमति हुन सकेन । छलफलमा आफूहरुलाई अलग गरिदिन दुवै पक्षले आयोगलाई भनेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा विवाद बढेर जसपाका अध्यक्षद्वय ठाकुर र यादवले एकअर्कालाई कारबाही गर्दै आएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।