काठमाडौं – सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका मन्त्री हटाउँदैछ भनेर केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको भविष्यवाणी मिलेपछि उनले फेरि अर्काे दाबी गरेका छन् ।
प्रचण्डले सर्वाेच्च अदालतबाट प्रतिनिधिसभा संसद पुनर्स्थापना हुने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री हुने दाबी गरेका छन् ।
माओवादीका केन्द्रीय सदस्य महादेव यादवलाई श्रद्धाञ्जलि दिन मंगलबार जनकपुर पुगेका अध्यक्ष प्रचण्डले प्रतिनिधि सभाका १४६ सांसदको हस्ताक्षरका आधारमा सर्वोच्चले सभापपि देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने दाबी गरेका छन् ।
अध्यक्ष प्रचण्डले भने, ‘प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन भन्नुको अर्थ संविधान र लोकतन्त्र मिचे पनि हुन्छ भन्ने जस्तै हो, त्यतातिर म कल्पना गर्न सक्दिनँ ।’ देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा बहस सकिएर असार २८ गतेको लागि पेशी तोकिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।