बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

पाकिस्तानमा सन् २०२० मा मात्रै दुई हजार ९६० बालबालिकामाथि यौन दुव्र्यवहार 

पाकिस्तानमा सन् २०२० मा मात्रै दुई हजार ९६० बालबालिकामाथि यौन दुव्र्यवहार 

  • मिडिया डबली
  • सोमवार, आषाढ २१ २०७८

  • 4.2K
    SHARES

  • पाकिस्तानमा सन् २०२० मा मात्रै दुई हजार ९६० बालबालिकामाथि यौन दुव्र्यवहार 

    लाहोर - पाकिस्तानमा सन् २०२० मा मात्रै करिब दुई हजार ९६० बालबालिकालाई यौन दुर्व्यवहार गरिएको तथ्यांक सार्वजनिक भएको छ । पाकिस्तानमा बाल यौन शोषणको बारेमा चेतना जगाउने काम गर्ने गैरसरकारी संस्था साहिलले सोमबार लाहोर प्रेस क्लबमा पत्रकार सम्मेलनमा भने गर्दै उक्त तथ्यांक सार्वजनिक गरेको हो । यसमध्ये दुई हजार ५८७ घटनाहरु प्रहरी कारर्यालयमा दर्ता भएका छन् । 

    मिडियासँग सार्वजनिक गरिएको यो डरलाग्दो तथ्यांक अनुसार एक हजार ५१० बालिका र एक हजार ४५० बालकहरुमाथि यौन शोषण गरिएको पाइएको हो । यो तथ्यांक हेर्दा हरेक दिन आठ बालबालिका यौन दुव्र्यवहारको सिकार हुने गरेको पाइएको छ । सार्वजनिक भएको तथ्यांक अनुसार अपहरणमा ६७३, ३०५ जना बलात्कार, अप्राकृति मैथुन ४५९ जना, सामूहिक बलात्कार ९८, सामूहिक अप्राकृतिक मैथुन १८९ तथा ३७ बालक र २७ बालिकाको हत्यासमेत गरिएको छ । अझै डरलाग्दो तथ्यांक त के छ भने सात बालक र तीन बालिकलाई सामूहिक अप्राकृतिक मैथुन र बलात्कारपछि हत्या गरिएको पाइएको छ । 

    प्रतिवेदनका अनुसार ३४५ जना बालबालिका अझै बेपत्ता छन् । ११९ को बाल विवाह गराइएको छ । यस तथ्यांक अनुुार १५७९ बालबालिकालाई घरपरिवार आफन्तबाट यस्तो यौन शोषण हुने गरेको पाइएको छ भने २८९ जनालाई नचिनेको मान्छेले दुव्र्यहावर गर्ने गरेको पाइएको छ । 

    जहाँसम्म बच्चाहरूको उमेरको कुरा छ, ११े देखि १५ वर्षका एक हजार २० बालबालिकाले अपमानको सामना गरेका छन् भने त्यसपछि ६ देखि १० वर्षका बालबालिका छन् । 
    प्रान्तको हिसाब गर्ने हो भने सबैभन्दा बढी एक हजार ७०७ बाबालिका पञ्जाब प्रान्तमा छन् भने सिन्धमा ८६१, खैबरपख्तुनख्वामा २१५, बलुचिस्तानमा ५३, संघीय राजधानी इस्लामावादमा १०२, पाकिस्तान प्रशासित जम्मु काश्मीरमा १८ र गिलगित बाल्टिस्तानमा ४ जनामाथि यौन शोषण भएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७१०:३७:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend