काठमाडौं – उपप्रधान, अर्थ तथा गृहमन्त्री विष्णु पौडलले अविरल वर्षासँगै हुनसक्ने विपद् र क्षतिका विषयमा छलफल गर्न विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बोलाएका छन् ।
जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वर्षा र धेरै भारी वर्षाको पूर्वानुमान गरेपछि सरकारी संयन्त्रलाई ‘हाइअलर्ट’ राख्न मन्त्री पौडेलले बैठक बोलाएका छन् ।
केही दिनअघि सिन्धुपाल्चोकको मेलम्चीमा बाढी आउँदा ठूलो जनधनको क्षति भएको थियो । सरकारले मेलम्चीमा प्रभावकारी काम गर्न नसकेकोमा आलोचना भएको थियो ।
गृह मन्त्रालयमा गृहमन्त्री पौडेलको अध्यक्षतामा बसेको बैठकमा सरोकारवाला मन्त्रालयका सचिवहरू, सुरक्षा निकायका प्रमुख तथा विभागीय प्रमुखहरू सहभागी रहेका उपप्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव यमराज पाण्डेले बताए ।
जोखिममा रहेका क्षेत्रहरूको जानकारी लिने र सतर्कता अपनाउने सन्दर्भमा बैठकमा छलफल भइरहेको जनाइएको छ । राहत तथा उद्धारका लागि सुरक्षा निकायका हेलिकप्टरलाई हाइअलर्ट राखिएको छ ।
जिल्लास्तरमा सरकारी संयन्त्रले जोखिमयुक्त क्षेत्रको पहिचान गरिसकेको भएपनि सरकारले तदारुकता नदेखाउँदा जनधनको क्षति हुने गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।