आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भारतमा ८ वटा चिनियाँ ड्रोन बरामद भएपछि सन्नाटा !

भारतमा ८ वटा चिनियाँ ड्रोन बरामद भएपछि सन्नाटा !

  • मिडिया डबली
  • बुधवार, आषाढ १६ २०७८

  • 5.8K
    SHARES

  • भारतमा ८ वटा चिनियाँ ड्रोन बरामद भएपछि सन्नाटा !

    काठमाडौं – नेपालसँग सीमा जोडिएको भारतको बिहारमा आठ वटा चिनियाँ ड्रोन बरामद गरिएको छ ।

    बिहारको पूर्वी चम्पारणमा ड्रोनसहित तीन जनालाई पक्राउ गरिएको भारतका सुरक्षा अधिकृतहरूले जानकारी दिएका छन् ।

    भारतको सशस्त्र सीमा बलले शनिवार एउटा सेतो कार रोकेको अनि त्यसमा बेग्लाबेग्लै बाकसमा आठवटा ड्रोन क्यामरा पाइएको सई दयानन्द कुशवाहाले बताए ।

    ‘कारमा बस्नेहरूले कहाँबाट ड्रोन ल्याएको भन्ने सन्तोषजनक उत्तर दिन सकेनन् । हामीले उनीहरूबाट नेपाली मुद्रा पनि बरामद गरेका छौं,’ कुशवाहाले बताए ।

    पक्राउ पर्नेमा विकी कुमार रौनियार, कृष्णानन्द कुमार र राहुल कुमार छन् । कुन्दवा चैनपुर प्रहरी कार्यालयका स्टेसन हाउस अफिसर मिथिलेश कुमारले पक्राउ परेका तीनैजनालाई थुनामा पठाइएको बताए ।

    ड्रोन क्यामरा विवाहको शूटिङ गर्नका लागि ल्याइएको भनी पक्राउ परेकाहरूले बताएको पूर्वी चम्पारणका एसपी नवीनचन्द झाले जानकारी दिए ।

    तर प्रहरीले सबै कोणबाट अनुसन्धान गरिरहेको उनको भनाइ छ । गत आइतवार जम्मुमा रहेको भारतीय वायुसेनाको स्टेसनमा ड्रोन आक्रमण गरिएको सन्दर्भमा यो घटना सार्वजनिक भएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र १८ २०७७०४:१६:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend