काठमाडौं – आईतवार साँझ कारण खुल्न नसकेको विस्फोट अकस्मात हुँदा बंगलादेशको राजधानी ढाकामा ७ जनाको मृत्यु भएको छ ।
विस्फोटमा परेर दर्जनौं व्यक्ति घाइते भएका बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् ।
राजधानी ढाकाको मोघबजार क्षेत्रमा आईतवार साँझ साढे ७ बजेतिर आरोङ कम्पनीको सोरुम नजिकै विस्फोट भएको हो ।
४ तले घरमा भएको विस्फोटले आसपासका अन्य भवनमा समेत क्षति पुर्याएको छ । नजिकै रहेका ३ वटा बस र केही कारमा समेत विस्फोटबाट क्षति पुगेको छ ।
विस्फोटको कारण यकिन हुन नसकेको बंगलादेशी प्रहरीले जनाएको छ । विस्फोट नियोजित नभई अन्डरग्राउन्डमा राखिएका ग्यास सिलिन्डरका कारण भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।