काठमाडौं – तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवादपछि नेकपा एमाले र माओवादी केन्द्र ब्युतिँदा पूर्व पार्टी छाडेर एमालेतिर लागेका नेता प्रभु साहकी पत्नी तथा रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहको खाइपाई आएको पद गुमेको छ ।
माओवादी केन्द्रको निर्णय बमोजिम निर्वाचन आयोगले साहसहित १४ जनप्रतिनिधि पदमुक्त भएको सूचना प्रकाशित गरेको छ ।
निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिको पद रिक्त भएको घोषणा गरेको हो ।
पार्टी परित्यागपछि पद रिक्त भएकाहरूमा रौतहटका ७, कैलालीका ४, सिरहा, ओखलढुंगा र महोत्तरीका १/१ जना जनप्रतिनिधि रहेका छन् ।
असार ७ गते बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले यी जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरेर निर्वाचन आयोगलाई पठाएको थियो ।
पार्टीको निर्णय अनुसार आयोगले पदमुक्त गरेको सूचना प्रकाशित गरेको छ ।
पदमुक्त भएकाहरूको नामावली –
१. रिनाकुमारी साह, प्रमुख, मौलापुर नगरपालिका, रौतहट
२. सियाराम कुशवाहा, प्रमुख, कटहरिया नगरपालिका, रौतहट
३. परनियादेवी देवाही, उप्रमुख, गोनाही नगरपालिका, रौतहट
४. गौरीशंकर प्रसाद, उपप्रमुख, मैलापुर नगरपालिका, रौतहट
५. कान्ति देवी, उपप्रमुख, फतुवाविजयपुर नगरपालिका, रौतहट
६. सिमलकुमारी साह, उपप्रमुख, माधवनारायण नगरपालिका, रौतहट
७. गितादेवी साह, उपाध्यक्ष, यमुनामाई गाउँपालिका, रौतहट
८. सतमीलाल दास ताती, नगर कार्यपालिका सदस्य, लहान नगरपालिका, सिरहा
९. शेष फारुक, अध्यक्ष, सम्सी गाउँपालिका, महोत्तरी
१०. छायाँदेवी देवकोटा, उपप्रमुख, भजनी नगरपालिका, कैलाली
११. भागिरथी विष्ट, वडाध्यक्ष, गौरीगंगा नगरपालिका–४, कैलाली
१२. शर्मानन्द भट्ट, वडाध्यक्ष, गोदावरी नगरपालिका–१ कैलाली
१३. पुरन बिसी, वडाध्यक्ष, बर्दगोरिया नगरपालिका–४ कैलाली
१४. सुरेशकुमार थापा, वडाध्यक्ष, चम्पादेवी गाउँपालिका–७ ओखलढुंगा
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।