बिहिवार, आश्विन ७ २०७८Sep 23 2021

Logo
images
images
images

जनरल इन्स्योरेन्सका सञ्चालक दिपेन्द्र अग्रवालले जिते बीमा समितिसँगको लडाइँ

जनरल इन्स्योरेन्सका सञ्चालक दिपेन्द्र अग्रवालले जिते बीमा समितिसँगको लडाइँ

  • मिडिया डबली
  • बिहिवार, आषाढ १० २०७८

  • 4.2K
    SHARES

  • जनरल इन्स्योरेन्सका सञ्चालक दिपेन्द्र अग्रवालले जिते बीमा समितिसँगको लडाइँ

    काठमाडौं - बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दिपेन्द्र अग्रवालको निलम्बन फुकुवा गरेको छ । समितिले गत ३ वैशाखमा अग्रवाललाई निलम्बन गरेको थियो ।

    नियमभन्दा धेरै रकम सेयर बजारमा लगानी गरेको भन्दै उनलाई निलम्बन गरेको थियो । तर, समितिले कुनै अनुसन्धान र सर्त नै नराखी अग्रवालको सञ्चालक पद फुकुवा गरेको छ ।

    images

    कम्पनीको लगानी उपसमिति संयोजकको हैसियतमा उनलाई निलम्बन गरिएकोमा समितिले फुकुवा गरिदिएको हो । समितिले अग्रवाललाई वैशाख २ गते स्पष्टीकरण माग गरेर ३ गते निलम्बन गरेपछि आलोचना भएको थियो ।

    समितिले व्यक्ति विशेषलाई स्पष्टीकरण नै नसोधी हदैसम्मको सजाय गर्न खोजेको अन्य सञ्चालकहरुले आरोप लगाउँदै आएका थिए । अग्रवाल लामो समयदेखि विभिन्न क्षेत्रको सुधारका लागि संघर्ष गर्दै आइरहेका सफल व्यक्तित्व हुन् ।

    उनी सेयर मार्केटको विकास तथा विस्तारका लागि विभिन्न चरणमा लडाइँ लड्दै आइरहेका छन् । जनरल इन्स्योरेन्स कम्पनीमा पनि उनले लगानीकर्ताका तथा सञ्चालकका रुपमा विभिन्न नीतिगत सुधारका निम्ति पहल गर्दै आएका छन् ।

    आफ्नो खरो स्वभाव तथा कसैको अनावश्यक दबाबमा नझुक्ने बानीका कारण उनी जहिल्यै पनि विभिन्न निकायका निसानामा रहने गरेका छन् । पछिल्लो समय विमा समितिले गरेको निलम्बन त्यसकै निरन्तरता थियो ।

    त्यसैले बीमा समितिले केही व्यक्तिको दवाव र प्रभावमा झुटो आरोप लगाउँदै बिनाकुनै अनुसन्धान सञ्चालक अग्रवाललाई निलम्बन गरेको थियो ।

    सञ्चालक अग्रवालले अझै धेरै चुनौतीहरुको सामना गर्न बाँकी रहेको बताउँदै ढिलै भए पनि सत्यको जित भएको बताए । ‘बीमा समितिले कसैको दवाव र झुटो आरोपको प्रभावमा नपरी मलाई गरेको निलम्बन फुकुवा गरेकोमा धन्दयवाद दिन चाहन्छु,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ १० २०७८०७:०४:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology