काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसँग शुक्रबार गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपानेसहित सबै सुरक्षा निकायका प्रमुखको आकस्मिक बैठक भएको छ ।
राष्ट्रपति कार्यालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू शुक्रबार दिउँसो शितलनिवास पुगेका स्रोतले जनाएको छ ।
गृहमन्त्री अधिकारी, गृहसचिव न्यौपानेसँगै प्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख गणेश अधिकारीले शितलनिवासमा बैठक गरेका छन् ।
राष्ट्रपति भण्डारीले आकस्मिक बैठक राख्नुको कारण खुलेको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।