काठमाडौं – जंगली क्षेत्रमा लुकेर बसेका हतियारधारी माओवादी र सुरक्षाकर्मीबीच भिडन्त हुँदा भारतमा ६ जनाको मृत्यु भएको छ ।
भारतको आन्ध्र प्रदेशमा बुधवार भएको भिडन्तमा ६ जना माओवादीको मृत्यु भएको भारतीय सञ्चारमाध्यममा खबर छ ।
प्रदेशको थीगालामेत्ता जंगलमा दोहोरो भिडन्त भएको हो । जंगलमा लुकेर बसेका माओवादीहरुले सुरक्षाकर्मीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा माओवादीहरू मारिएको विशाखापटनमका एसपी बी कृष्ण रावले जानकारी दिए ।
आतंककारी माओवादीहरु विरुद्धको कारवाहीका लागि विशेष तालिमप्राप्त ग्रेहाउन्ड्स भिडन्तमा सहभागी भएका थिए ।
‘घटनास्थलबाट ५ जना माओवादीहरुका शवसहित एके–४७ राइफल, एसएलआर, कार्बाइन, ३०३ राइफल र देशी कट्टा फेला परेको छ,’ विशाखापटनम जिल्ला प्रहरीले जनाएको छ ।
जंगलमा थप माओवादीहरूको खोजी कारबाही जारी रहेको र अतिरिक्त प्रहरी बललाई घटनास्थलमा पठाइएको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।