काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) यतिबेला न फुट्ने न जोडिने अवस्थामा पुगेको छ । पार्टीमा पूर्वराजपा र संघीय समाजवादी पार्टीबीच समानान्तर गतिविधि अघि बढेको छ ।
एउटा पक्षको नेतृत्व महन्थ ठाकुर र अर्को पक्षको नेतृत्व उपेन्द्र यादवले गरेका छन् । कतिसम्म भने जसपाको कार्यकारिणी समितिको बहुमतले गरेको निर्णय पनि निर्वाचन आयोगले अवैध ठहर गरेपछि पार्टीको अवस्था छिन्नभिन्न बनेको हो ।
जसपाको कार्यकारिणी समितिमा उपेन्द्र र संसदीय दलमा महन्थ पक्ष बहुमतमा छ । ठाकुर पक्ष सरकारमा सामेल पनि भएको छ । पार्टीमा उपेन्द्र पक्षलाई साइजमा ल्याउन ठाकुर पक्ष्ँले कार्यकारणी समिति विस्तार गरेको छ।
सोमबार अध्यक्ष ठाकुरले १६ कार्यकारणी सदस्य थप गरेको बताइन्छ । यसअघि ५१ सदस्यीय कार्यकारणी समितिमा उपेन्द्र पक्षमा ३५ जना सदस्य थिए ।
ठाकुरले कार्यकारणी समितिमा सुरेन्द्र झा, सुरेश मण्डल, राजीव झा, अभिराम शर्मा, परमेश्वर साह, कृष्णा सिंह, डा:विजयकुमार सिंह, सन्तवीर महतो, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रमेश पटेल, एकवाल मियाँ, विजय उपाध्याय, शतरजित यादव, मुकेश झा र उपेन्द्र महतोलाई सामेल गरेर ६७ सदस्यीय बनाएका छन् । तर, यसको औपचारिक जानकारी बाहिर ल्याइएको छैन ।
ठाकुर पक्षको यो निर्णयपछि उपेन्द्र यादव भाउन्न भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।