आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

महन्थ ठाकुर र उपेन्द्र यादवलाई कारवाहीबारे निर्वाचन आयोगको यस्तो निर्णय

महन्थ ठाकुर र उपेन्द्र यादवलाई कारवाहीबारे निर्वाचन आयोगको यस्तो निर्णय

  • मिडिया डबली
  • आइतवार, जेठ ३० २०७८

  • 9.6K
    SHARES

  • महन्थ ठाकुर र उपेन्द्र यादवलाई कारवाहीबारे निर्वाचन आयोगको यस्तो निर्णय

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका दुवै पक्षले एकअर्कालाई कारवाही गरेर विवरण अद्यावधि गर्न दिएका निवेदनउपर निर्वाचन आयोगले आईतवार निर्णय गरेको छ ।

    निर्वाचन आयोगले अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले गरेको कारवाहीलाई कानूनसम्मत नदेखिएको भन्दै २ अध्यक्ष रहने गरी पुरानै पदाधिकारीहरू कायम रहने फैसला गरेको छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरू जानकीकुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरीप्रसाद पौड्यालको संयुक्त निर्णयका रूपमा निर्वाचन आयोगले जसपाका दुवै पक्षको निवेदनलाई खारेज गरेको छ ।

    आयोगको निर्णयमा उल्लेख छ, ‘एक जना अध्यक्षको हस्ताक्षरबाट राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम विवरण अद्यावधिक गरिदिन भनी जानकारी गराएको विषयलाई कानून र दलको विधानसम्मत मान्न मिलेन । पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरी अद्यावधिकका लागि अनुरोध भई आएकोमा माग बमोजिम अद्यावधिक गर्न मिलेन ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता सहकार्य गर्नेबारे जसपामा विवाद हुँदा महन्थ र उपेन्द्रले एकअर्कालाई कारवाहीको निर्णय गरेका छन् । तर कारवाहीलाई निर्वाचन आयोगले भने मान्यता दिएन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २७ २०७७०१:५०:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend