काठमाडौं – भारतीय सेनाले नेपाली सेनाका गाडी गरिने गरी २८ करोड ८० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गरेको छ ।
छिमेकी पहिलो नीति अन्तर्गत भारतीय सेनाले सहयोग गरेको स्वास्थ्य सामग्री तथा उपकरण शुक्रवार टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित समारोहबीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका छन् ।
भारतीय राजदूत क्वात्राले नेपाली सेनाको कोभिड–१९ संक्रमण विरुद्घको लडाइँमा भारतको सहयोग निरन्तर रहने जानकारी दिँदै नेपाली सेनाले पुर्याएको योगदानको सराहना गरेका छन् ।
कोरोनासँगको लडाइँमा प्रभावकारी मानिएका भेन्टिलेटर, एम्बुलेन्स, आईसीयू शय्या, पीपीई सेट, पीसीआर परीक्षण किट लगायतका स्वास्थ्य सामग्री जेठ २७ गते नै काठमाडौं आइपुगेको थियो ।
गत वर्षयता भारतीय सेनाले नेपाली सेनालाई कोभिड महामारीविरुद्ध लड्न विभिन्न किसिमका सहयोग गर्दै आएको छ ।
भारतीय सेनाले गत मार्चमा नेपाली सेनालाई १ लाख कोभिशिल्ड खोप समेत सहयोग गरेको थियो ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।