काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभामा विश्वासको मत पाएका छन् ।
मंगलवारको बैठकमा उपस्थित ५१ प्रदेशसभा सदस्यमध्ये भट्टको पक्षमा ३० मत परेको छ भने विपक्षमा ९ मत मात्रै परेको छ । प्रदेश सभाका १२ सदस्य सहभागी भएनन् ।
मुख्यमन्त्री भट्टको पक्षमा नेकपा एमालेको माधवकुमार नेपाल पक्षले मतदान गरेको थियो । मुख्यमन्त्री भट्ट माओवादी केन्द्रका नेता हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमालेले समर्थन फिर्ता लिने निर्णय गरेपनि भट्टलाई मुख्यमन्त्रीबाट हटाउन सफल हुन सकेन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।