सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

राहत माग्दै मुख्यमन्त्री कार्यालय पुगिन् बिना मगर !

राहत माग्दै मुख्यमन्त्री कार्यालय पुगिन् बिना मगर !

  • मिडिया डबली
  • बिहिवार, कार्तिक ११ २०७८

  • 4.4K
    SHARES

  • राहत माग्दै मुख्यमन्त्री कार्यालय पुगिन् बिना मगर !

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी तथा पूर्व मन्त्री बिना मगर वर्षाका कारण धानबालीमा क्षति व्यहोरेका किसानका लागि राहत माग्दै मुख्यमन्त्री कार्यालय पुगेकी छन् ।

    गृहप्रदेश सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर नेत्री मगरले वर्षा प्रभावितका लागि राहत मागेकी हुन् । मुख्यमन्त्री भट्टलाई भेटेर मगरले ज्ञापनपत्र समेत बुझाएकी छन् ।

    पूर्व मन्त्री मगरले अविरल वर्षाले निम्त्याएको डुबान र बाढीका कारण जनजीवन निकै प्रभावित भएकाले जीवनलाई सहजीकरण गर्नका निम्ति प्रदेश सरकारलाई अनुरोध गरेकी छन् ।

    ज्ञापन पत्रमा किसान लगायत डुबान प्रभावित क्षेत्रका जनतालाई अविलम्ब राहत उपलब्ध गराउनुपर्ने, बाढीले प्रभावित जनताको स्वास्थ्य उपचार र बिचल्लीमा परेका नागरिक लगायत बसोबासको व्यवस्था मिलाउन, किसानलाई क्षतिपूर्तिसहित आवश्यक व्यवस्थापन गर्नुपर्ने माग राखिएका छन् ।

    ज्ञापनपत्र बुझेपछि मुख्यमन्त्री भट्टले वर्षा र बाढीका कारण मारमा परेका जनतालाई राहत उपलब्ध गराउने विषयमा प्रदेश सरकार गम्भीर रहेको बताए । ‘प्राकृतिक विपत्तिले निम्त्याएको समस्या साझा समस्या भएकाले सबैले हातेमालो गरेर समस्याको समाधान गर्नतर्फ लाग्नुपर्छ,’ मुख्यमन्त्री भट्टले भने, ‘प्रदेश सरकार तपाईको साथमा छ, जे हामीले गर्न सक्छौं, त्यो गर्दछौं र नसक्ने विषयमा संघीय सरकारसँग समन्वय गरी अगाडि बढ्ने छौं ।’

    मुख्यमन्त्री भट्टले वर्षाले किसानको बालीनाली नोक्सान गरेकोबारे लगत संकलन गर्ने काम तीव्र गतिमा भइरहेको बताएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend