आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

केपी ओलीले यसकारण खोसेका रहेछन् हृदयेश त्रिपाठीको मन्त्री पद

केपी ओलीले यसकारण खोसेका रहेछन् हृदयेश त्रिपाठीको मन्त्री पद

  • मिडिया डबली
  • मंगलवार, जेठ २५ २०७८

  • 14.4K
    SHARES

  • केपी ओलीले यसकारण खोसेका रहेछन् हृदयेश त्रिपाठीको मन्त्री पद

    काठमाडौं - तमलोपा छाडेर स्वतन्त्र समूहमा रहेर एमालेको चुनाव चिह्न सूर्य लिई नवलपरासीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हृदयेश त्रिपाठीको आफ्नै हर्कतका कारण मन्त्री पद गुमेको रहस्य खुलेको छ । ६ महिनाअघि स्वास्थ्यमन्त्री बनेका त्रिपाठीको ग्रहदशा फागुनदेखि नै बिग्रिएको थियो ।

    स्रोतका अनुसार भारतबाट ल्याउन लागेको कोभिसिल्ड खोपमा प्रधानमन्त्री केपी ओली निकट व्यापारीले कमिसन मागेको रहस्य त्रिपाठीलाई मिडियामार्फत बाहिर ल्याइदिए । जसकारण ओली निकै असन्तुष्ट रहे । आफ्नै पार्टीदेखि विपक्षीले समेत वर्तमान सरकार खोपमा पनि कमिसन खान लागेको भन्ने प्रचार भएपछि ओली निकै आक्रोशित भएको बताइन्छ । 

    त्यसमा पनि व्यवसायी सुरज वैद्य र विजय दुगड ओलीका किचेन क्याबिनेटका व्यापारी हुन् । उनीहरूले समेत त्रिपाठीलाई स्वास्थ्यमन्त्रीबाट हटाउन ओलीलाई निकै दबाब दिएका थिए ।

    ओलीले व्यापारीको कुरा नसुन्ने भएन । सोही कारण उनले दुई वर्ष मन्त्री भइसकेकालाई मन्त्रीमा पुनः नियुक्ति नगर्ने मापदण्ड बनाए । जसले गर्दा सर्प पनि मर्ने लौरो पनि नभाँचिने नीति अपनाइयो । अहिले शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री बनाइएको छ । 

    त्रिपाठीले निकट नेताहरुलाई आफूभन्दा जुनियर नेता उपप्रधानमन्त्री बनेकाले आफूले मन्त्री अस्वीकार गरेको बताउँदै आएका छन् । तर, भित्री कुरा भने खोप खरिदमा व्यापारीले कमिसन खोजेको उनको अभिव्यक्तिले मन्त्री पद चैट भएको स्रोतले बतायो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख १ २०७८०७:४६:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend