आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

सरकारलाई थाहा छ – नेपालमा कोरोना भयावह हुँदैछ !

सरकारलाई थाहा छ – नेपालमा कोरोना भयावह हुँदैछ !

  • मिडिया डबली
  • बुधवार, बैशाख १ २०७८

  • 6.2K
    SHARES

  • सरकारलाई थाहा छ – नेपालमा कोरोना भयावह हुँदैछ !

    काठमाडौं – जनस्वास्थ्य मापदण्ड पालनामा लापरवाही जारी रहे छिट्टै दैनिक ११ हजार जनाका दरले कोरोना संक्रमण बढ्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तो प्रक्षेपण राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सोमवार पत्रकारसँगको भेटघाटमा बताएका हुन् ।

    यस हिसाबले आगामी असारसम्ममा ६ लाखभन्दा बढीमा कोरोना संक्रमण हुने आकलन सरकारले गरेको छ ।

    मन्त्री त्रिपाठीले बढ्दो संक्रमण नियन्त्रण गर्न कडाइपूर्वक जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेका छन् । ‘कोरोना संक्रमणको दोस्रो लहरको प्रमुख कारणमा लापरवाही नै बढी देखिन्छ,’ उनले भने ।

    मन्त्री त्रिपाठीले फैलिँदो संक्रमण नियन्त्रण गर्न १ महिनाका लागि विद्यालय बन्द गरी भर्चुअल माध्यमबाट पठनपाठन गर्ने निर्णय भएको बताएका छन् । लकडाउन गर्ने योजना भने हाललाई नरहेको त्रिपाठीले स्पष्ट पारेका छन् । 

    त्रिपाठीका अनुसार सीमा नाकाबाट प्रवेश गर्नेलाई नाकामै परीक्षण गर्ने र १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ । बढ्दो संक्रमणलाई ध्यानमा राखी सबै अस्पताललाई तयारी अवस्थामा राख्न आवश्यक सामग्रीबारे जानकारी लिएको त्रिपाठीले बताए ।

    मन्त्री त्रिपाठीले रोकिएको खोप छिट्टै नेपाल आइपुग्ने संकेत गरेका छन् । ‘खोप छिट्टै आउँछ, कसैले नचिताएको खोप आउँछ,’ त्रिपाठीले भने । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend