आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

ओली क्याबिनेटका यी मन्त्री नयाँ पार्टी खोल्दै, राजनीतिमा अर्काे उथलपुथल !

ओली क्याबिनेटका यी मन्त्री नयाँ पार्टी खोल्दै, राजनीतिमा अर्काे उथलपुथल !

  • मिडिया डबली
  • आइतवार, फाल्गुण ९ २०७७

  • 7.3K
    SHARES

  • ओली क्याबिनेटका यी मन्त्री नयाँ पार्टी खोल्दै, राजनीतिमा अर्काे उथलपुथल !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नयाँ पार्टी खोल्ने भएका छन् ।

    सरकारमा रहे पनि त्रिपाठीले आफूलाई स्वतन्त्र भन्ने गरेका छन् ।

    स्रोतका अनुसार त्रिपाठीको समूहले अहिले सर्वोच्च अदालतको निर्णय कुरेर बसेको छ । सर्वोच्चले चुनावको पक्षमा निर्णय गर्‍यो भने तत्काल नयाँ पार्टीको घोषणा हुने जनाइएको छ । पुनःस्थापना गर्‍यो भने केही समय लम्बिन सक्ने छ ।

    त्रिपाठीको समूहमा १ प्रतिनिधिसभा सदस्य, २ जना प्रदेशसभा सदस्य तथा ईश्वरदयाल मिश्र, पशुपतिदयाल मिश्र लगायत रहेका छन् । उनीहरुलाई समेटेर त्रिपाठीले पहिल्यै स्वतन्त्र राजनीतिक समूह गठन गरेका छन् ।

    स्वतन्त्र राजनीतिक समूहको सम्पर्क कार्यालय समेत खोलिएको छ । यसको कार्यालय बानेश्वर थापागाउँमा रहेको छ ।

    त्रिपाठीलाई प्रतिनिधिसभा सदस्य ब्रिजेश गुप्ता तथा प्रदेशसभा सदस्य धर्म श्रीवास्तव र अजय शाहीले साथ दिएका छन् । यो समूहका नेताहरूले २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सूर्य चिह्न लिएर उम्मेदवारी दिएका थिए ।

    ओली सरकारमा मन्त्री हुनुअघि त्रिपाठीले काठमाडौंमा स्वतन्त्र राजनीतिक समूहको भेला गरेका थिए । त्यसबेला उनले आफू पार्टी खोल्ने तयारीमा लागेको घोषणा गरेका थिए ।

    नयाँ पार्टी खोल्ने वा नेपाल कम्युनिस्ट पार्टीसँग आफ्नो समूहलाई एकीकरण गर्ने घोषणा त्यसबेला उनले गरेका थिए । भेला गरेको केही दिनपछि नै उनी ओली सरकारमा संघीय मामिलामन्त्री भए । मन्त्रिमण्डल पुनर्गठनपछि उनी स्वास्थ्यमन्त्री बनेका छन् ।

    त्रिपाठीको समूहमा रहेका सदस्यहरुले तत्काल नयाँ पार्टी खोल्ने तयारी भएको बताएका छन् । ब्रिजेश गुप्ताले नयाँ पार्टी खोल्न आन्तरिक तयारी भएको बताएका छन् । अर्का सदस्य अजय शाहीले त फागुनभित्रै नयाँ पार्टीको घोषणा हुने सम्भावना रहेको बताएका छन् ।

    ‘सबै तयारी हुँदैछ । सम्भवतः फागुनभित्रै नयाँ पार्टीको घोषणा हुन्छ,’ शाहीले भने । शाहीका अनुसार अर्को हप्ता स्वतन्त्र राजनीति समूहको बैठक बस्नेछ र बैठकले नयाँ पार्टी घोषणा गर्न तिथि तय गर्नेछ ।

    स्रोतका अनुसार पूर्व तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ब्युँझाउने विकल्पमा पनि छलफल भएको छ । तत्कालीन तमलोपाका उनी सहअध्यक्ष थिए । यसका लागि तत्कालीन अध्यक्ष महन्थ ठाकुरसँग पनि १–२ चरण कुराकानी भएको स्रोतको भनाइ छ । 

    तर ठाकुरले यसमा सहमति जनाएका छैनन् । ठाकुर हाल जनता समाजवादी पार्टीको पहिलो अध्यक्ष भएका छन् । ‘पहिलो अध्यक्ष भएको व्यक्तिले भएको पार्टी छाडेर तमलोपा गठन गर्ने सम्भावना छैन,’ ठाकुरनिकट एक नेताले भने, ‘तर त्यस्तो कुरा आएको छ भन्ने मैले पनि सुनेको हुँ ।’ आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend