काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाइसकेका ज्येष्ठ नागरिकलाई निर्धारित अवधिभित्रै दोस्रो मात्रा दिन नसक्ने जरुरी सूचना निकालेको छ ।
जनस्वास्थ्य जस्तो गम्भीर विषयमा सरकारले हचुवा शैलीमा लज्जास्पद सूचना निकाल्दै दोस्रो मात्रा खोप दिन नसक्ने स्पष्ट पारेको छ ।
कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएको ४–६ हप्ताभित्र दोस्रो मात्रा लगाउनुपर्ने भएपनि गत फागुन २३ गतेदेखि चैत १० गतेसम्म खोप लगाएका व्यक्तिहरूले दोस्रो मात्रा खोप पाउन सकेका छैनन् । यो अवधिमा सरकारले ज्येष्ठ नागरिकलाई खोप दिएको थियो ।
सरकारले खोप उपलब्ध हुन नसक्नुको कारण सिरम इन्स्टिच्युटले खोप उपलब्ध गराउन नसक्नु रहेको जनाएको छ ।
अब सरकारले कोभिशिल्डकै प्रकृतिको अस्ट्राजिनिका खोप उपलब्ध भएको १२ हप्तापछि लगाउने व्यवस्था मिलाउने जानकारी दिएको छ । खोप उपलब्ध नहुँदासम्म प्रतिक्षारत रहन स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाबाट जारी सूचनामा उल्लेख छ ।
महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले कोरोना रोकथामका उपायहरूको कडाइका साथ पालना गरेर कोरोनाबाट बच्न आग्रह गरेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।