आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रातो पासपोर्ट काण्डधारीलाई पनि ओलीले मन्त्री बनाउँदै

रातो पासपोर्ट काण्डधारीलाई पनि ओलीले मन्त्री बनाउँदै

  • मिडिया डबली
  • आइतवार, जेठ २३ २०७८

  • 8.0K
    SHARES

  • रातो पासपोर्ट काण्डधारीलाई पनि ओलीले मन्त्री बनाउँदै

    काठमाडौं - प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद विस्तारमा थरीथरीका व्यक्तिलाई समेट्ने गरेका छन् ।

    कोही स्थानीय तहमा उपमेयर उठ्दा ९९ सय मत ल्याउने व्यक्तिलाई ओलीले केन्द्रीय मन्त्री बनाइसकेका छन् । यस्तो शृंखलाले निरन्तरता पाउने देखिएको छ ।

    आफूसँग थप सात मन्त्रालय राखेका ओलीले आज–भोलि नै केही मन्त्रीलाई शपथ गराउने तयारी गरेको एमाले नेताहरूले बताएका छन् ।

    आफूसँग रहेको मौजुदा मन्त्रालयमा एमालेबाटै मन्त्री बनाउने गृहकार्यमा ओली लागेको स्रोतले बतायो ।

    एमालेबाट निष्कासित माधवकुमार नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरुसँग सहमतिको संवाद जारी रहेकाले सो पक्षका नेताहरु सहमतिमा आएमा उनीहरुलाई समेत मन्त्री बनाउने सोच प्रधानमन्त्रीको छ । तर अहिलेसम्म संवादले सार्थकता पाउन सकेको छैन ।

    अहिले मन्त्री बन्ने चर्चामा खगराज अधिकारी, महेश बस्नेत, विद्या भट्टराई, विशाल भट्टराई, राजेन्द्र राई, नारदमुनि रानालगायत छन् । जसमध्ये राना कैलाली ५ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणालाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित रानालाई मन्त्री बनाउनुपर्ने माग एमालेभित्र सुरुदेखि नै छ । राना तिनै हुन् जो पहिल्यै विवादमा आइसकेका हुन् । उनीमाथि रातो पासपोर्ट बेचेको आरोप लागेको थियो । आफ्नो कूटनीतिक रातो पासपोर्ट विदेश जानेलाई दिएर पैसा लिएको आरोप उनीमाथि थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend