आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले फुटाएर नयाँ पार्टी खोल्नेबारे माधव नेपाल समूहको यस्तो निर्णय

एमाले फुटाएर नयाँ पार्टी खोल्नेबारे माधव नेपाल समूहको यस्तो निर्णय

  • मिडिया डबली
  • शनिवार, जेठ २२ २०७८

  • 6.0K
    SHARES

  • एमाले फुटाएर नयाँ पार्टी खोल्नेबारे माधव नेपाल समूहको यस्तो निर्णय

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेबाट निष्कासित माधवकुमार नेपाल समूहले नयाँ पार्टी गठन गर्न सर्वाेच्च अदालतको फैसला पर्खिने निर्णय गरेको छ ।

    नेता नेपाल समूहकै दोस्रो तहका नेताले प्रधानमन्त्री केपी शर्मा ओली समूहसँग अनौपचारिक छलफल गरिरहेका छन् । सर्वाेच्च अदालतको फैसला आउँदासम्म पर्खिने तथा तबसम्म ओलीसँग सहमति भए एमालेमै रहने र सहमति नभए नयाँ पार्टी खोल्ने तयारी छ ।

    आज शनिवार बसेको नेपाल समूहका स्थायी कमिटी सदस्यको बैठकले नयाँ पार्टी गठन गर्नुअघि सर्वोच्च अदालतमा विचाराधीन मुद्दा निरूपण हुनु उपयुक्त हुने निष्कर्ष निकालेको छ ।

    स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले अब नयाँ पार्टी गठन गरेरै अगाडि बढ्ने बताइन् । ‘अब नयाँ पार्टी दर्ता गरेर नयाँ हिसाबले अघि बढ्ने नै हो, त्योभन्दा अर्को उपाय छैन । आजको बैठकले पनि अब धेरै दिन पर्खिन सकिन्न भन्ने निष्कर्ष निकालेको छ,’ नेत्री शाक्यले भनिन् ।

    पार्टी निर्माणका लागि आवश्यक तयारी आवश्यक पर्ने भएकाले केही समय लिने र अदालतमा विचाराधीन मुद्दा निरूपण नहुँदासम्म पर्खने निष्कर्ष बैठकले निकालेको नेत्री शाक्यले बताइन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वाेच्च अदालतमा दायर गरिएको मुद्दा विचाराधीन रहेको छ ।

    बिहीवार र शुक्रवार बसेको नेपाल समूहका केन्द्रीय कमिटी सदस्यको बैठकले ओलीको वार्ताको ढोका बन्द नगर्ने तर समय तोकेर अघि बढ्ने निर्णय गरेको हो । नेत्री शाक्यले वार्ताको ढोका बन्द नगरेको तर अध्यक्ष ओलीले नै वार्ताबाट एमाले एकताबद्ध गर्न नचाहेको आरोप लगाइन् ।

    ‘हामी एकता बलियो पार्न अन्तिमसम्म प्रयास गर्छौं तर वार्ता भनेर सधैं पर्खिरहन त सकिन्न,’ उनले भनिन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०७:२२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend