आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रपति भण्डारीका सल्लाहकार उत्ताउलो भएपछि ...

राष्ट्रपति भण्डारीका सल्लाहकार उत्ताउलो भएपछि ...

  • मिडिया डबली
  • शुक्रवार, जेठ २१ २०७८

  • 6.0K
    SHARES

  • राष्ट्रपति भण्डारीका सल्लाहकार उत्ताउलो भएपछि ...

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले केही दिनयता विभिन्न देशका राष्ट्रप्रमुखलाई पत्राचार गरेर कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउन आग्रह गरिरहेकी छन् । यस्तै बेला बिहीबार अमेरिकाले नेपालसहित विभिन्न देशलाई खोप उपलब्ध गराउने निर्णय गर्‍यो ।

    यति भएपछि राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीकाप्रसाद ढकालले उत्ताउलो हुँदै नेपालले ५० लाख भ्याक्सिन पाउने जानकारी लेखिएको ट्वीट गरे । तर नेपालमा ५० लाख डोज खोप आउने कुनै सुनिश्चितता भइसकेको थिएन ।

    सल्लाहकार ढकालले लेखेका थिए, ‘सम्माननीय राष्ट्रपतिज्यूको अग्रसरता र नेपाल सरकारको क्रियाशीलताले कोभिड–१९ विरुद्धको खोप प्राप्तिमा आज अर्को सफलता प्राप्त भएको छ । हाम्रो अनुरोधलाई स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई ५० लाख डोज खोप उपलब्ध गराउने जानकारी गराएको छ ।’

    अमेरिकाले समग्रतामा दक्षिण एसियालाई खोप दिने निर्णय गर्दा जस लिने होडबाजीमा नेपाललाई ५० लाख डोज खोप पाइने भनेर सल्लाहकार ढकाल उत्तउलो बनेका थिए । केही दिनअघि राष्ट्रपति भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र पठाउँदै खोप उपलब्ध गराउन आग्रह गरेका थिए ।
     
    खोपबारे सल्लाहकार ढकालको ट्वीट झूटा निस्किएपछि उनले केहीबेरमै पुरानो ट्वीट डिलिट गर्दै दाबी सच्याए । उनले लेखे, ‘ मैले उल्लेख गरेको परिमाणलाई म तत्काल सच्याउन चाहन्छु । यो परिमाण हाम्रो अपेक्षा र अनुरोध हो ।’

    यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई मेन्सन गर्दै भ्याक्सिन दिने अमेरिकी निर्णयको स्वागत गरेका छन् । ओलीले भ्याक्सिन दिन नेपाल सरकारले गरेको अनुरोध स्वीकार गरेकामा अमेरिकालाई धन्यवाद पनि दिएका छन् ।

    ओलीले ट्विटरमा लेखेका छन्, ‘यसले नेपाल र अमेरिकाबीचको मित्रताको सुदृढतालाई पुष्टि गरेको छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर २१ २०७७०७:०१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend