काठमाडौं – नेकपा एमालेबाट निष्काशित नेता माधवकुमार नेपाल पक्षले भोलि बस्ने गरी केन्द्रीय कमिटी बैठक डाँकेको छ ।
बैठक पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने एमाले स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले बताएका छन् ।
बिहीबार बिहान ११ बजे बोलाइएको बैठक भर्चुअल रूपमा बस्ने भएको छ ।
केही नेताहरू पार्टीलाई जेठ २ गतेमा फर्काउन संस्थापन पक्षसँग वार्ता गरिरहेका बेला नेपाल पक्षभित्र असन्तुष्टि चुलिँदै गएको छ ।
बुधबार भएको नेपाल पक्षका जनवर्गीय संगठनका अधिकांश नेतृत्वले अलग पार्टी खोल्न दबाब दिएका छन् । भोलि बस्ने केन्द्रीय कमिटी बैठकबाट पार्टी विभाजनबारे औपचारिक निर्णय लिइने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।