काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालभित्रको विवाद निर्वाचन आयोगमा पुगेपछि आयोगले दुबै अध्यक्षले पठाएको कारवाही सम्बन्धी पत्र नियमावलीको ढाँचाअनुसार नमिलेको जानकारी गराउने निर्णय गरेको छ ।
जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एकअर्कालाई पार्टीबाट निष्कासन गर्दै कारवाही गरेको पत्र निर्वाचन आयोगमा दर्ता गराएका थिए ।
आयोगले अध्यक्ष ठाकुरसँग केन्द्रीय समितिको निर्णयको प्रतिलिपि माग्ने निर्णय गर्दै पत्र पठाएको छ । अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई दिँदै पार्टी दर्ता किताबबाट उपेन्द्र यादवको नाम हटाउन आग्रह गरेका थिए ।
निर्वाचन आयोगले केन्द्रीय समितिमा भएको निर्णयको हस्ताक्षरसहित प्रतिलिपि राजनीतिक दल दर्ता सम्बन्धी उपनियमावलीको अनुसूची १८ को ढाँचा अनुसार प्रस्तुत गर्न अध्यक्ष ठाकुरलाई पत्र पठाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।
आयोगले अध्यक्ष यादव पक्षलाई राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची अनुसार निवेदन दिन पत्र पठाउने निर्णय गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।