आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अलमल नगरी नयाँ पार्टी खोल्न माधव नेपाललाई खबरदारी, यी हुन् हतारिएकाहरू

अलमल नगरी नयाँ पार्टी खोल्न माधव नेपाललाई खबरदारी, यी हुन् हतारिएकाहरू

  • मिडिया डबली
  • बुधवार, जेठ १९ २०७८

  • 6.4K
    SHARES

  • अलमल नगरी नयाँ पार्टी खोल्न माधव नेपाललाई खबरदारी, यी हुन् हतारिएकाहरू

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेको पार्टी एकता जोगाउन दुबै पक्षका दोस्रो पुस्ताका नेताहरु वार्तामा बसिरहेका बेला नेता माधवकुमार नेपाल पक्षीय जनसंगठनका नेताहरुले धोकाको संज्ञा दिएका छन् ।

    एमालेको माधव पक्षीय समानान्तर भातृ संगठनको सामुहिक बैठकमा सहभागी नेताहरुले झलनाथ खनाल र माधव नेपालको सहमति तथा निर्देशन विना कुनै नेता वार्तामा बसेका छन् भने त्यो अनाधिकृत र धोकेबाजी हुने जनाएका छन् ।

    माधव नेपालको प्रमुख आतिथ्यमा भइरहेको जनसंगठनका प्रमुख तथा पदाधिकारीको जूम बैठकले अब केपी शर्मा ओलीको अलमलमा नलागी पार्टी विभाजन गर्नुपर्ने खबरदारी माधव नेपाललाई गरेका छन् ।

    पार्टी एकताका नाममा ओली पक्षसँग वार्ता गर्ने दोस्रो तहका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई लगायतलाई ओली पक्षसँगको वार्ताबाट फिर्ता आउन आग्रह गरिएको छ । बुधबार मात्रै नेता योगेश भट्टराईले एमाले महासचिव ईश्वर पोखरेललाई सिंहदरबारमा भेटेर छलफल गरेका छन् ।

    बैठकमा उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष गणेश विकेले जूम बैठकमा भने, ‘एकता र वार्ताका नाममा अल्मलिँदा हाम्रै समूहका कतिपय नेताले छेपारो नै छक्क पर्ने गरी रंग फेर्ने काम गर्नुभएको छ ।’

    माधव पक्षीय अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले अझै पनि वार्ता र एकता भन्ने नेताहरु केपी ओलीभन्दा पनि खतरनाक भएको जनाउँदै ओली एकता विरोधी हुन् भन्ने कुरा बाहिर स्थापित गरेर पार्टी चाँडो विभाजन गर्न नेतृत्वलाई सुझाव दिएका छन् ।

    सहअध्यक्ष ओसिम आलमले भने, ‘माधव नेपालले सही गरेको ठाउँमा सही नगर्ने नेताहरू केपी ओलीभन्दा खराब हुन् । हामीलाई हाम्रै नेताहरूबाट धोका त भइरहेको छैन ?’

    किसान महासंघका महासचिव बलराम बास्कोटाले माधव नेपाल र झलनाथ खनालको निर्देशन विना कसैले वार्ता गर्दैछ भने त्यसलाई वार्ता मान्न नसकिने बताएका छन् ।

    बैठकका सहभागीको आक्रोश सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट लगायतका नेताहरुले गरिरहेको वार्ताप्रति केन्द्रित रहेको थियो ।

    बैठकमा खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलले एकताका नाममा फेरि पनि ओलीले अल्मल्याउने सम्भावना रहेको बताएका छन् ।

    ‘केपी ओलीले जब–जब राजनीतिक घटनाक्रम आफू प्रतिकूल हुन्छ, तब–तब एकताका नाममा अल्मल्याउने रणनीति अवलम्बन गरेका हुन् । अहिले पनि सर्वोच्च अदालतमा चलिरहेको मुद्दाका २८ रिट निवेदक हाम्रा नेता हुनुहुन्छ । त्यो मुद्दाबाट २८ जनालाई फिर्ता गराएर मुद्दा फितलो गराउने चालबाजी हो,’ उनले भने ।

    नेता माधव पक्षका २३ जनाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०७:२२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend