मंगलवार, आश्विन २७ २०८३Oct 13 2026

Logo
images images
राजनीतिक बिशेष

अनि त्यसपछि ओली गले

अनि त्यसपछि ओली गले

  • मिडिया डबली
  • बुधवार, जेठ १९ २०७८

  • 4.3K
    SHARES

  • अनि त्यसपछि ओली गले

    काठमाडौँ - विभाजनको डिलमै पुगेको सत्तारुढ एमालेमा एकताको प्रयास जारी छ । दोस्रो तहका नेताहरूले हस्तक्षेप गर्दै नेतृत्वलाई सच्चिन दबाब बढाएपछि एमाले अध्यक्ष केपी ओली गलेका छन् । उनी आफ्नो अडानबाट पछि हट्ने देखिएको छ ।

    माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलसहित ११ नेतालाई कारबाही गरेका ओली अब थप कारबाही प्रक्रिया अघि बढाउने मनस्थितिमा नपुग्नुले उनी निकै गलेको देखिएको छ ।

    किनभने कारबाहीका लागि स्पष्टीकरण सोधिएका १२ सांसदलाई कारबाही गर्नबाट ओली डराएका छन् । त्यो विषय अहिले पार्टी बैठकको एजेन्डा नै बन्न छाडेको छ ।

    ओली सकेसम्म माधव नेपाल, भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई कुनै पनि हालतमा पार्टीमा फर्काउन तयार देखिएका छैनन् । उनका नजिकका नेताहरूले पनि त्यस्तै सुझाव दिँदै आएका थिए ।

    तर, माधव पक्षका युवा नेताहरूले त्यस्तो अडानमा रहँदा पार्टीले निकै क्षति बेहोर्ने भनेर दबाब बढाएपछि ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन्।

    बागमती र लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा माधव नेपालले राम्रै भूमिका खेलेपछि ओली हच्किएका हुन् । माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताई पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको घोषणा गर्न ओली सहमत भएको बुझिएको छ ।

    तर, त्यसका लागि नेपाल समूह पार्टीमै रहने विषयमा विश्वासिलो आधार बन्नुपर्ने अडान राखेको उच्च स्रोतले जनाएको छ । यसो भएमा वक्तव्य निकालेर पार्टी पुरानै अवस्थामा फर्किएको घोषणा गरी त्यतिबेलाको स्थायी कमिटीको बैठक राख्न आफू तयार रहेको उनले दोस्रो तहका नेताहरूलाई जनाएका छन्।

    नेपाल समूहका तर्फबाट मध्यस्थता गरिरहेका दोस्रो पुस्ताका नेताले पनि यसबारे जानकारी दिएर नेता नेपाललाई मनाउन प्रयास गर्ने बताएको स्रोतको दाबी छ।

    सोमबार राति दरबारमार्गको याक एन्ड यती होटलमा सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण बिष्ट वार्तामा सहभागी थिए। त्यही बैठकपछि ओली ब्याक भएको बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend