काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वाभाविक सक्रियता देखाएपछि एमाले नेत्री रामकुमारी झाक्रीले गम्भीर आरोप लगाएकी छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेत्री झाक्रीले कोरोना भाइरस संक्रमण विरुद्धको खोपका लागि विभिन्न देशमा गरिएको पत्राचारको व्यवहार कतै समानान्तर सत्ताको अभ्यास त होइन भनेर आशंका गरेकी छन् ।
नेत्री झाक्रीले लेखेकी छन्, ‘हाम्रो देशको राष्ट्रपति संस्था संविधानको संरक्षक र कानूनको परिपालक हो । उसका सम्पूर्ण क्रियाकलापलाई संविधानले सीमित गरेको छ । त्यसकारण लोकरिझाइँको लागि मित्रराष्ट्रका राष्ट्र प्रमुखलाई पत्राचार गर्ने होइन, त्यो काम त कार्यकारीको हो । यो व्यवहार कतै समानान्तर सत्ताको अभ्यास त होइन ? कि धुमिल भएको छवि बचाउने प्रपञ्च ?’
राष्ट्रपति भण्डारीले खोपका लागि विभिन्न देशका राष्ट्रप्रमुखलाई पत्राचार गरेपछि विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।