काठमाडौँ - जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सहमतिमै पार्टी विभाजनको प्रस्ताव गरेका छन् । उनले सोमबार औपचारिक रूपमै पार्टी विभाजनको औपचारिक प्रस्ताव गरेका हुन् ।
समयले नयाँ ध्रुवीकरण खोजेको भन्दै भट्टराईले मान्छे तानातान र किनबेचको तानातान नगरी आ–आफ्नो बाटो लाग्न जसपा नेताहरुलाई प्रस्ताव गरेका छन् । जसपा विभाजनको संघारमा पुगेका बेला भट्टराईले नेताहरु तानातानमा नपरी आ–आफ्नो बाटो लागौँ भन्दै पार्टी विभाजनकै प्रस्ताव गरेपछि एक दुई दिनभित्रै पार्टी विभाजन हुने बताइएको छ ।
अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामूहिक विघटनको अभिव्यक्ति भएको भन्दै उनले समयले नयाँ ध्रुविकरण खोजेको सोमबार बिहान ट्वीटमा उल्लेख गरेका छन् ।
‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो । नयाँ निर्माणका निम्ति पुरानो भत्कनैपर्छ,’ उनले भनेका छन्, ‘समयले नयाँ ध्रुवीकरण खोज्दैछ । अतः मान्छे तानातान र किनबेचको तमासा नगरौं । भेडा भेडासँग र बाख्रा बाख्रा सँग हुन दिऊँ । हात मिलाएर आ आफ्नो बाटो लागौं । हिडिरहे फेरि भेट हुनेछ ।’
जसपामा महन्थ ठाकुर र राजेन्द्र महतो उपेन्द्र यादव र बाबुराम भट्टराईसँग सँगै बस्न चाहेका छैनन् । उनीहरू जसरी पनि प्रधानमन्त्री केपी ओलीको सरकारमा सामेल हुन पार्टी विभाजन गरेर राजपा दर्ता गर्ने मनस्थितिमा छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।