आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रपति भण्डारीले गरिन् २०५० सम्मका लागि यस्तो घोषणा

राष्ट्रपति भण्डारीले गरिन् २०५० सम्मका लागि यस्तो घोषणा

  • मिडिया डबली
  • आइतवार, जेठ १६ २०७८

  • 7.1K
    SHARES

  • राष्ट्रपति भण्डारीले गरिन् २०५० सम्मका लागि यस्तो घोषणा

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०५० सम्म कार्बन उत्र्सजनमा तटस्थताको लक्ष्य हासिल गर्ने प्रतिबद्धतामा नेपाल अडिग रहेको घोषणा गरेकी छन् ।

    दक्षिण कोरियाको आयोजनामा आईतवारदेखि शुरू भएको हरियाली विकास तथा विश्व लक्ष्य (पीफोरजी २०२१) सम्मेलनलाई भर्चुअल रूपमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले घोषणा गरेकी हुन् ।

    सोमवारसम्म जारी रहने सम्मेलनलाई विश्वका नेताले भर्चुअल रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जलवायु लगानी र प्रविधिमार्फत अल्पविकसित मुलुकलाई कोभिड क्षतिबाट उकास्नको लागि समावेशी हरियाली पुनर्उत्थान कार्यक्रम महत्त्वपूर्ण हुने भण्डारीले बताइन् । जलवायु नीति र कार्यक्रममार्फत महिलाले नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने उनले बताइन् ।

    परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ४० देशका सरकार प्रमुख र अन्तर्राष्ट्रिय संगठनका २१ जना प्रमुख सम्मेलनमा सहभागी भएका छन् ।

    सम्मेलनको उद्देश्य जलवायु परिवर्तनबारे विश्व सहभागिता तथा आउँदो वर्ष बेलायतको ग्लास्गोमा आयोजना हुने जलवायु सम्मेलन कोप–२६ लाई योगदान दिने रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर २१ २०७७०७:०१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend