इस्लामावाद - सउदी अरबका लागि पाकिस्तानका राजदूत साउदीमा रहेका पाकिस्तानी समुदायले नै आलोचना गरेपछि फिर्ता बोलाइएको छ ।
सरकारले रियादस्थित दूतावासका अन्य छ जना अधिकारीलाई स्वदेश फिर्ता हुन आदेश जारी गरेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राजदूत र कर्मचारीहरुमाथि छानबिनको आदेश दिएका थिए । उक्त छानबिन भएपछि उनहरुलाई फिर्ता बोलाइएको हो ।
एक उच्चस्तरीय जाँचबुझ अुसन्धान समिति गठन गरेर दूतावासका गतिविधिलाई छानबिन गरिएका थिए । पाकिस्तान सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि राजदूतसहति दूतावासका कूटनीतिक, सामुदायिक कल्याण र कन्सुलर शाखाका कर्मचारीहरुलाई फिर्ता बोलाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, पाकिस्तान सरकारले विदेशमा रहेका पाकिस्तानीहरूको हितलाई उच्च महत्त्व दिन्छ । सार्वजनिक सेवा प्रवाहमा कुनै कमी भए पनि शून्य सहिष्णुताको नीति अवलम्बन गर्छ ।
विदेशमन्त्री शाह महमूद कुरेशीले सबै कूटनीतिक नियोगहरूको कामको निरीक्षण गरेका छन् । विशेष गरी पाकिस्तानी समुदायलाई दिइएका सेवाहरूका बारेका उनले चासो व्यक्त गरेका थिए ।
प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, प्रधानमन्त्रीले सरकार पाकिस्तानी डायस्पोराले साउदी अरेबियाको किंगडममा पेश गरेको उजूरीप्रति सचेत रहेको र पाकिस्तानको दूतावास र वाणिज्य दूतावासमा तैनाथ अधिकारीहरुको कार्यप्रणाली, व्यवहार र व्यवहारप्रतिको गुनासोलाई गम्भीर रुपमा लिएको छ ।
प्रधानमन्त्रीले खानले प्रधानमन्त्रीको निरीक्षण आयोगलाई यस विषयमा छानबिन गर्न र १० दिन भित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएकोसमेत जानकारी गराएका छन् ।
गत सोमबार प्रधानमन्त्री खानले साउदी अरेबियामा पाकिस्तानी दूतावासले खाडी मुलुकमा काम गर्ने श्रमिक वर्गको ख्याल नराखेको गुनासो सुन्नमा आएकोसमेत बताएका छन् । उक्त गुनासो सम्बोधनका लागि सरकारले काम गरिरहेकोसमेत बताएका छन् ।
यस हप्ताको सुरूमा, दक्षिण कोरियामा पाकिस्तान दूतावासका दुई कूटनीतिज्ञ सियोलको एक स्टोरमा पसलमा सामान चोरी गरिरहेको अवस्थामा पक्राऊ परेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।