काठमाडौं - गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसयता एमाले नेता माधवकुमार नेपालले बालुवाटार टेकेका छैनन् । साविकको नेकपाको विवादका कारण ओली र नेपालबीच सम्बन्ध बिग्रिएको हो ।
६ महिनामा नेता नेपाललाई एमालेबाट कारबाही गरिसकिएको छ । बीचमा एमालेको विवाद मिलाउन ओली र नेपालबीच भेटवार्ता भए पनि बालुवाटारमा होइन, दुईपटक मेरियट होटेल र दुईपटक सिंहदरबारमा भयो । तर, उनीहरूबीच सहमति जुटेन ।
हुँदाखाँदाको प्रतिनिधिसभा विघटन गर्ने ओलीविरुद्धको कदमको नेपालले गर्दै आए । तर, उनले बालुवाटार टेकेनन् । दुवैबीच संवादहीनताको अवस्था छ ।
ओलीको यो असंवैधानिक कदमलाई लिएर उनकै विश्वासपात्र सुवासचन्द्र नेम्वाङ पनि असन्तुष्ट छन् । ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री पनि भएकाले नेम्वाङले खुलेआम मुख खोल्न सकेका छैनन् । तर, केही समययता उनको बालुवाटार प्रवेश पातलिँदै गएको स्रोतले बतायो । पार्टीको औपचारिक बैठकबाहेक नेम्वाङ बालुवाटार जान छाडेको बताइन्छ ।
आठ वर्षभन्दा बढी समय संसद्को प्रमुख भएका व्यक्ति नेम्वाङ पटकपटक प्रतिनिधिसभा विघटन भएकोमा खुसी छैनन् । सोही कारण उनी ओलीसँग असन्तुष्ट रहेको बुझिएको छ । अहिले ओलीको कदमको पक्षमा लागे पनि इतिहासमा आफ्नो नाम खलनायकमा दर्ज हुने चिन्ता नेम्वाङमा देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।