आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

उपेन्द्र यादवलाई जसपाबाट हटाउने प्रक्रिया अगाडि बढ्यो

उपेन्द्र यादवलाई जसपाबाट हटाउने प्रक्रिया अगाडि बढ्यो

  • मिडिया डबली
  • बुधवार, जेठ १२ २०७८

  • 9.5K
    SHARES

  • उपेन्द्र यादवलाई जसपाबाट हटाउने प्रक्रिया अगाडि बढ्यो

    काठमाडौँ - विगतमा नेकपामा देखिएको कारबाही र स्पष्टीकरणको रोग अहिले जसपामा सरेको छ । आ–आफ्नो गुट चलाइरहेका पूर्वराजपा र पूर्वसंघीय समाजवादी पार्टीका नेताहरूले एक पक्षले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने तयारी गरेका छन् ।

    यसअघि अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलाई स्पष्टीकरण सोधेका थिए । त्यसको काउन्टर दिँदै मंगलबार मध्यराति महन्थले नै उपेन्द्रलाई सात बुँदे स्पष्टीकरण तीन दिनभित्र बुझाउन निर्देशन दिएका छन् ।

    महन्थले केपी ओलीलाई साथ नदिई किन शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै स्पष्टीकरण सोधेका छन् । यदि समयभित्र स्पष्टीकरण नआए पार्टीबाटै हटाउने महन्थ पक्षको तयारी छ ।

    मंगलबार पार्टीको विधानको दफा ४९ अनुसार ठाकुरले यादवलाई ७ बुँदे स्पष्टीकरण सोधेका हुन् । तीन दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन अनुरोध गरेका छन् ।

    पार्टी एकता भएदेखि नै समायोजनमा रुची नलिई विभिन्‍न जिल्‍लाहरूमा पार्टी एकता विरोधी गुटगत रुपमा बैठक, प्रशिक्षण, गोष्ठी, भेला जस्ता गतिविधिहरू किन सञ्‍चालन गर्नु भयो भन्‍दै ठाकुरले पहिलो प्रश्‍न सोधेका छन् । 

    त्‍यस्तै सर्वोच्‍च अदालतमा पार्टीको निर्णय बेगर विपक्षी गठबन्‍धनको रिटमा किन हस्ताक्षर गर्नु भयो ? ठाकुरले प्रश्‍न गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २७ २०७७०१:५०:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend