आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शेरधन राईको प्रदेशमा कोरोना खोपमा यस्तो बितण्डा, कांग्रेसले गर्‍यो पर्दाफास

शेरधन राईको प्रदेशमा कोरोना खोपमा यस्तो बितण्डा, कांग्रेसले गर्‍यो पर्दाफास

  • मिडिया डबली
  • आइतवार, जेठ ९ २०७८

  • 5.8K
    SHARES

  • शेरधन राईको प्रदेशमा कोरोना खोपमा यस्तो बितण्डा, कांग्रेसले गर्‍यो पर्दाफास

    काठमाडौं – मुख्यमन्त्री शेरधन राईले सम्हालेको १ नम्बर प्रदेशमा जनतालाई दिनुपर्ने कोरोना भाइरस विरुद्धको खोपमा बितण्डा मच्चिएको छ ।

    खोपमा बितण्डा भएकोबारे पर्दाफास गर्दै नेपाली कांग्रेसले गम्भीर आरोप लगाएको छ ।

    १ नम्बर प्रदेश सभामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेशमा पहुँचवालाले मात्रै खोप पाएको आरोप लगाएका छन् ।

    आज आईतबार प्रेस विज्ञप्ति जारी गर्दै कार्कीले खोपको दुरुपयोग हुनु दुर्भाग्यपूर्ण भएको जनाएका छन् ।

    ‘खोप अभियानलाई प्राथमिकता दिनुको साटो प्रदेशमा मुख्यमन्त्री, मन्त्री र माथिल्लो दर्जाका कर्मचारीले भनसुनका भरमा आफ्ना मानिसलाई खोप लगाए,’ विज्ञप्तिमा उल्लेख छ, ‘मुख्यमन्त्री कार्यालय, मन्त्रालय र मन्त्री निवासहरुमा आफ्ना पार्टीका नेता–कार्यकर्ता र नातागोतालाई मात्रै खोप लगाउन दुर्भाग्यपूर्ण छ ।’

    प्रदेशका प्रमुख अस्पताल र ल्याबमा पीसीआर परीक्षण बन्द हुँदा नागरिकको स्वास्थ्यमाथि खेलवाड भइरहेको विज्ञप्तिमार्फत जनाइएको छ । परीक्षणलाई तीब्रता दिनुपर्ने बेलामा प्रदेश सरकारले किटको व्यवस्था गर्न नसकेको आरोप छ ।

    कोरोना संक्रमितको उपचार निःशुल्क भनिए पनि सरकारसँगको मिलेमतोमा निजी अस्पतालले भर्नाअघि नै धरौटी लिने गरेको कांग्रेसको आरोप छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend