काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष महन्थ ठाकुरको तुलना भिखारीसँग गरेका छन् ।
आफैं प्रधानमन्त्री बन्ने सम्भावना हुँदाहुँदै महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष केपी शर्मा ओलीसँग भिख माग्न गएको ठट्टा गर्दै ओलीले भिखारीको संज्ञा दिएका हुन् ।
डा. भट्टराईले ट्विटरमा लेखेका छन्, ‘इतिहासमा पहिलोपटक मधेशी प्रम बन्ने सम्भावना बढेको बेला त्यसलाई लत्याएर पुरानै सत्ताधारीसँग मन्त्री माग्न तम्सिएका केही नेताबारे एक मधेसी मित्रले गरेको ठट्टाः एउटा भिखारीले चिट्ठा किनेछ । अर्कोले सोधेछ – एक करोड पाए के गर्छस् ? – गाडी किन्छु ! – गाडीले के गर्छस् ? – गाडी चढेर माग्न जान्छु !’
यसरी भट्टराईले महन्थहरू आफैं प्रधानमन्त्री बन्ने सम्भावना हुँदाहुँदै ओलीसँग भिख माग्न गएको दाबी गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।