आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेको रोग जसपामा सर्‍यो

एमालेको रोग जसपामा सर्‍यो

  • मिडिया डबली
  • आइतवार, जेठ ९ २०७८

  • 5.5K
    SHARES

  • एमालेको रोग जसपामा सर्‍यो

    काठमाडौं – तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट सुरु भएको नेताहरूलाई कारवाही गर्ने शृंखला नेकपा एमाले ब्युँतिँदा कायमै छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाललाई स्पष्टीकरण सोधेका छन् ।

    एमालेमा देखिएको स्पष्टीकरण सोध्ने र कारवाही गर्ने रोग अब जनता समाजवादी पार्टी (जसपा) नेपालमा समेत सरेको छ । जसपामा एकलौटी रूपमा बसेको अध्यक्ष उपेन्द्र यादव पक्षको बैठकले अर्का अध्यक्ष महन्थ ठाकुरलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

    बैठकले जसपाको सम्पूर्ण कार्यकारी अधिकार उपेन्द्र यादवलाई दिने निर्णय समेत गरेको छ । आज आईतपार सकिएको जसपाको कार्यकारिणी समितिको बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘बैठकले पार्टी कार्यकारिणी समितिको बैठक बोलाउने र निर्णय प्रमाणित गर्ने लगायतका अधिकार पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ ।’

    बैठकले पार्टीका ४ नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । बैठकले ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

    js1.jpgjs2.jpg

    बैठकले प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा पार्टीको कुनै सदस्य सामेल भएमा पार्टीबाट स्वतः निष्कासित हुने निर्णय समेत गरेको छ । संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको विषयलाई समेत बैठकले अस्वीकार गरेको छ ।

    अर्काेतिर, जसपा अध्यक्ष महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठकले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टीमा कुनै छलफल नै नगरिकन माओवादी केन्द्र र कांग्रेस गठबन्धनमा सामेल भएको तथा पार्टीको हितविपरीत गतिविधि गरेको भन्दै यादवलाई स्पष्टीकरण सोध्ने निर्णय भएको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर ४ २०७७०६:५४:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend