काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किएका बेला असन्तुष्ट नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्ने घोषणा गरिसकेका छन् ।
यस्तै बेला निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन पुगेको छ ।
आयोगमा नेकपा (एकीकृत) पार्टी दर्ताका लागि निवेदन पुगेको हो । पार्टीको अध्यक्षमा अनेरास्ववियूका पूर्व नेता जीवन राईसहित उपाध्यक्ष कल्पना गुरुङ, महासचिव विनोद खुला, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाललाई राखिएको छ ।
आयोगको राजनीतिक दल व्यवस्थापन शाखाका उपन्यायाधीवक्ता गुरुप्रसाद वाग्लेले प्रक्रियामा रहेकाले दर्ता भई नसके पनि निवेदन आएको जानकारी दिए । निवेदनमा केही प्रक्रिया नमिलेका कारण सच्याएर आउन भनिएको समेत उनले बताए ।
राई अध्यक्ष रहेको पार्टीको नाम नेकपा (एकीकृत) र चुनाव चिह्न कलम राखिएको छ । केही दिनअघि सम्पन्न बागमती प्रदेशतर्फको राष्ट्रियसभा सदस्य निर्वाचनमा माधव नेपाल पक्षधर उम्मेदवार डा. खिमलाल देवकोटा कलम चुनाव चिह्नबाटै प्रतिस्पर्धा गरेर विजयी भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।