बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

पाकिस्तानमा रहेको अल्पसंख्यक शिख समुदाय संकटमा

पाकिस्तानमा रहेको अल्पसंख्यक शिख समुदाय संकटमा

  • मिडिया डबली
  • शुक्रवार, जेठ ७ २०७८

  • 7.6K
    SHARES

  • पाकिस्तानमा रहेको अल्पसंख्यक शिख समुदाय संकटमा

    इस्लामावाद - २०१९ मा, पाकिस्तानले भारतबाट आएका तीर्थयात्रीहरूका लागि करतारपुरमा सिख गुरुद्वारा खोलेपछि विश्वभर सकारात्मक सन्देश फैलिएको थियो।

    तर, वास्तविकतामा पाकिस्तानमा रहेका सिख समुदायले निरन्तर विभेदको सामना गरिरहेका छन् । पाकिस्तानी सिखहरू, जो मुख्यतया देशको उत्तरपश्चिममा बसोबास गर्छन्, उनीहरु सधै्रभरी त्रासमा बाँचिरहेका छन् ।

    ५०० वर्ष पुरानो यो धर्म सिख गुरु गुरु नानक देवको जन्मस्थली ननकाना साहिबमा स्थापना भएको थियो र अहिले यो क्षेत्र पाकिस्तानको हिस्सा हो । सन् १९४७ मा भारतबाट विभाजपछि बनेको पाकस्तिानमा दुई मिलियनभन्दा बढी शिखहरु रहेका थिए ।

    शिखहरूको ठूलो जनसंख्या पञ्जाबका सबैभन्दा ठूला सहरहरू जस्तै लाहौर, रावलपिंडी र फैसलावादमा बसोबास गर्थ्यो । दुबै देशहरू बेलायतबाट स्वतन्त्र भएपछि अधिकांश शिखहरूले भारतको लागि पाकिस्तान छाडेका थिए ।

    जबकि पाकिस्तानको नेशनल डाटाबेस एण्ड रेजिष्ट्रेसन प्राधिकरण (एनएडीआरए) ले पाकिस्तानमा ६ हजार १४६ शिखहरू मात्र दर्ता भएको दाबी गरेको छ । एनजीओ सिख रिसोर्स एण्ड स्टडी सेन्टर (एसआरएससी) द्वारा गरिएको जनगणना अनुसार ५० हजार शिखहरुले अझै पाकिस्तानमा बसोबास गरिरहेका छन् ।

    पाकिस्तानमा सन् २०१७ मा गरिएको जनगणनामा शिखहरुलाई उल्लेख गरिएन । जसका कारण उनीहरुको संख्याको यकिन तथ्यांक पनि छैन । केही शिखहरु खैबर पख्तूनख्वामा बसोबास गर्छन्, त्यसपछि सिन्ध र पंजाबमा बसोबास गरिरहेका छन् ।

    अमेरिकी स्रोत विभागलगायत अन्य स्रोतहरूले पाकिस्तानमा सिख जनसंख्या २०,००० भएको दाबी गरेका छ । छुट्टै पहिचान नहुने भन्ने समुदायले गरेको मागको बाबजुद पनि अदालतले त्यसो गर्न आदेश दियो र सरकारको आश्वासन भए पनि तथ्यांकमा भने शिखहरुलाई पाकिस्तान सरकारले उल्लेख गरेका छैन । जसकारण पाकिस्तानमा यसको जनसंख्याको वास्तविक आंकडा छैन ।

    तर, अधिकार अभियानकर्ताहरु भन्छन् कि यसको आकार विगत दुई दशकहरुमा एकदमै कम आएको छ । सन् २००२ मा ५० हजारको संख्यामा रहेका शिखहरु अहिले ८ हजारको संख्यामा छन् ।

    तिनीहरूको जनसंख्या घट्दै गएपछि उनीहरुको अधिकार पन िघट्दै गयो । तिनीहरूको छुट्टै पहिचानको नभएका कारणले समुदायले ठूलो चुनौतीहरूको सामना गर्नु परेको छ ।

    आज त्यहाँका अधिकांश सिखहरु केपी र पाकिस्तानको पञ्जाब प्रान्तमा बस्छन् । उनीहरुलाई तत्काल अलग पहिचान नदिने हो भने विश्वकै पुरानो शिख सम्प्रदायले थप ठूलो संकटको सामना गर्नुपर्ने भएको छ ।

    पाकिस्तानमा शिखलाई ठूलो पकडी र लामो दाह्रीबाट चिनिन्छ । शिख समुदायमाथि हिंसाका घटनाहरु पनि बढिरहेका छन् । यसलाई रोक्न पनि सरकारले कुनै पहल गरेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७१०:३७:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend