काठमाडौं - संविधानको धारा ७६ (५) अनुसार सरकार बनाउनका लागि दावी पेस गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजेसम्मका लागि आह्वान गरेकी छन् ।
जसअनुसार दलहरू सघन छलफलमा जुटेका छन् । शुक्रबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष तथा एमालेका माधव नेपाल पक्षका नेताहरू उपस्थित भएका थिए ।
बैठकले साँझ ५ बजेसम्म सबै विकल्पमा छलफल गर्ने निर्णय गरेको थियो । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बन्ने सरकारमा दलीय व्हीप नलाग्ने कानूनविदहरूको तर्क छ ।
एमालेकै माधवकुमार नेपाललाई प्रधानमन्त्रीमा सिफारिस गर्न सके सो पार्टीका कम्तीमा ४० सांसदले उनलाई सहयोग गर्ने अनुमान गरिएको छ । कांग्रेस र माओवादी केन्द्रले सहयोग गरे नेता नेपाल प्रधानमन्त्री बन्न सक्ने सम्भावना छ ।
त्यसो भएमा केपी ओली आजै बालकोट फर्किने छन् । अहिले एमालेका माधव पक्षका सांसदहरू सिंहदरबारमा छलफलमा जुटेका छन् । सिंहदरबारस्थित संसदको लेखा समितिको हलमा नेपाल पक्षका सांसदहरु छलफलका लागि जम्मा भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।