आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

उपेन्द्र यादवलाई सर्वाेच्चबाट ठूलो धक्का, गैरकानूनी कर्तुतको पर्दाफास (पूर्णपाठ)

उपेन्द्र यादवलाई सर्वाेच्चबाट ठूलो धक्का, गैरकानूनी कर्तुतको पर्दाफास (पूर्णपाठ)

  • मिडिया डबली
  • सोमवार, जेठ ३ २०७८

  • 5.7K
    SHARES

  • उपेन्द्र यादवलाई सर्वाेच्चबाट ठूलो धक्का, गैरकानूनी कर्तुतको पर्दाफास (पूर्णपाठ)

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पदीय दुरुपयोग गर्दै गरेको गैरकानूनी हर्कतको पर्दाफास भएको छ ।

    अध्यक्ष यादवले पार्टीबाट निष्कासन गरेका लुम्बिनी प्रदेश सभाका ४ सदस्यलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्नू भनी आदेश जारी गर्दै सर्वाेच्च अदालतले कर्तुतको पर्दाफास गरेको हो ।

    सर्वाेच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सोमबार जसपाबाट निर्वाचित ४ सांसदलाई पदमुक्त गर्ने अध्यक्ष यादव र प्रदेशसभा सचिवालयको निर्णय संविधान र कानुनसम्मत नभएको जनाउँदै पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    अध्यक्ष उपेन्द्र यादव समूहले गरेको एकपक्षीय कारबाहीका आधारमा प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले सांसदहरू सन्तोष पाण्डेय, सुमन शर्मा रायमाझी, विजयबहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट बैशाख १७ गते पदमुक्त गरेका हुन् ।

    प्रदेश सभाको पदमुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका सांसदलाई अदालतले राहत दिएको छ भने अध्यक्ष यादवलाई ठूलो धक्का लागेको छ । अर्का अध्यक्ष महन्थ ठाकुरले उतिबेलै यादवको निर्णय फर्जी भएको जनाएका थिए ।

    अध्यक्ष यादवले पदमुक्त गरेका चारै जना सांसद हाल लुम्बिनी प्रदेश सरकारमा मन्त्री रहेका छन् ।

    1.jpg2.jpg3.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १० २०७७०६:४२:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend