कराची - अफगानिस्तान मेलमिलाप आयोगका लागि अमेरिकी विशेष प्रतिनिधि जाल्मे खालिलजादले अफगानिस्तानको गृहयुद्धका आफूले पनि ठूलो क्षति व्यहोनुपर्ने भन्ने विषयमा पाकिस्तान जानकार भएको बताएका छन् ।
अमेरिकी विदेश सम्बन्ध समितिको प्यानललाई सम्बोधन गर्दै खालिलजादे अफगानिस्तानमा अझै शान्तिको सम्भावना रहेको बताउँदै अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने क्रम सुरु गरिसकेको जानकारी गराएका छन् ।
उनले पाकिस्तानी नेताहरुले तालिबानलाई अफगानिस्तानमा सत्ता कब्जा गर्ने कुरामा सहयोग गर्नै नसकिने प्रतिबद्धता व्यक्त गरिसकेकोसमेत जानकारी गराएका हुन् । उनले भने, "मलाई लाग्छ कि पाकिस्तानले अफगानिस्तानको वस्तुस्थिति र तालिबानलाई मात्रै नभएर अफगान गृहयुद्धको क्षति आफूले पनि व्यहोर्नुपर्ने विषयमा पाकिस्तान जानकार छ ।"
उनले अफगानिस्तानमा अमेरिकी सेना राखेर कुनै उपलब्धि हासिल हुन नसक्नेसमेत दृढता व्यक्त गरेका छन् । तालिबानसँगको निरसन्तरको लडाइँले समस्या समाधान हुननसक्नेसमेत उनले बताएका छन् ।
उनले थपे, "अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरिसकेपछि सरकार र तालिबानबीच मध्यस्थता गरिदिने पात्रको खोजी भने गर्नुपर्छ । हामीले वास्तवमै यसको विकल्पबारे सोच्नैपर्छ ।"
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बरसम्म अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गरिसक्ने घोषणा गरिसकेका छन् । उनले अमेरिकी सेना फिर्ता भइसकेपछि पनि अफगानिस्तान पूर्णरुपमा सुरक्षित भएको सुनिश्चित गर्नेसमेत बताएका छन् ।
सन् २०२० मा संयुक्त राज्य अमेरिका र तालिबानी समूहबीच अफगानिस्तानमा शान्ति स्थापना गर्ने र अमेरिकी सेना फिर्ता गर्ने बृहत शान्ति सम्झौता भएको थियो । उक्त सम्झौता अहिले कार्यान्वयनको चरणमा रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।