काठमाडौं – नयाँ सरकार गठनका लागि अभ्यास गरिरहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको विपक्षी गठबन्धनलाई नेकपा एमालेका नेता बामदेव गौतमले सहयोग गरेका छन् ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको मनपरी र निरंकुशताविरुद्ध खुलेरै लागेका नेता गौतमले देउवालाई प्रधानमन्त्री बनाउन गोप्य रूपमा भित्रभित्रै सहयोग गरिरहेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले सहयोग नगर्ने भएपछि एमालेको माधवकुमार नेपाल पक्षलाई राजीनामा गराएर देउवाको पक्षमा बहुमत पुर्याइने योजना बनिरहेको छ । यस योजनामा नेपाल पक्षका सांसदहरू योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण विष्ट लगायतले सहयोग गर्न नमानिरहेका बेला नेता बामदेव गौतमले राजीनामा गरेपछि हुने राजनीतिक सुनिश्चितताबारे नेताहरूलाई बताएका छन् । नेता गौतमको योजना सुनेपछि नेपाल पक्षका सबै सांसद राजीनामा दिन तयार भएका स्रोतले जनाएको छ ।
नेकपा एमालेका प्रत्यक्षतर्फ निर्वाचित २० सांसदलाई राजीनामा गराउने तयारी भइरहेको छ । केही सांसद अझै केपी शर्मा ओलीसँग सहमति गरेर एमालेको एकता कायमै गर्नुपर्ने पक्षमा रहँदा नेता गौतमले प्रशिक्षण दिएपछि सबै जना राजीनामाका लागि अगाडि बढ्न तयार भएका स्रोतले जनाएको छ ।
नेपाल–खनाल पक्षले नयाँ दल निर्वाचन आयोगमा दर्ता गर्ने खाका पनि तयार गरेको जनाइएको छ । त्यो दलको अध्यक्षमा नेता माधवकुमार नेपाल र बामदेव गौतम रहने सहमति भएको समेत भएको स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।