काठमाडौं - नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वका कसरी सरकार बन्छ भनेर प्रश्न गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता बाँस्कोटाले देउवा नेतृत्वको विपक्षी गठबन्धनमा १३८ सांसदको समर्थन रहेकोबारे समेत प्रश्न गरेका छन् ।
बाँस्कोटाले लेखेका छन्, ‘विपक्षी गठबन्धनमा चै १३८ छ र ? कसरी देउवाको सरकार बन्छ ? कांग्रेस, माओवादी र जसपा पूरै मिले मात्र त हो नि ! नत्र कसरी ? बताइदिने कोही छ ?’
राष्ट्रपति विद्यादेवी भण्डारीबाट बहुमतको सरकार बनाउन आह्वान भएपछि विपक्षी गठबन्धनले नयाँ सरकार बनाउन अभ्यास गरिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।