इस्लामावाद - पाकिस्तान सरकारले कोरोनाविरुद्धको चिनियाँ र रुसी खोप सुत्केरी महिलाहरुलाई नलगाउन निर्देशन दिएको छ । हाल पाकिस्तानमा चिनियाँ खोपहरु सिनोफार्म, कानसिनोबायो, सिनोभ्याक र रुसी खोप स्पुतनिक खोपहरु उपलब्ध छन् ।
पाकिस्तानी अधिकारीहरुले उक्त खोपहरु गर्भवती तथा सुत्केरी महिलाहरुलाई लगाउन सुरक्षित हुन्छ कि हुँदैन भनेर परीक्षण गरे-नगरेकोबारे आधिकारिक नतिजाको विवरण उपलब्ध नभएका कारण गर्भवती तथा सुत्केरी महिलाहरुलाई उक्त खोप नलगाउन निर्देशन दिइएको हो ।
हाल देशभर ५० वर्ष अथवा त्यसभन्दा माथिका व्यक्तिहरुलाई चिनियाँ खोप लगाउने कार्यक्रमलाई अघि बढाइरहेका छन् । पाकिस्तानमा रुसी खोप पनि उपलब्ध छ । तर, रुसी खोप स्पुतनिक भीलाई भने खरिद गरेर लगाउन सकिन्छ ।
स्वास्थ्यमन्त्री फैसल सुल्तानले हालसम्म दुइृ मिलियन मानिसहरुलाई कोरोनाविरुद्धको खोप लगाइसकेको दाबी गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।