काठमाडौं - एमालेको माधवकुमार नेपाल पक्ष सांसदले सामूहिक राजीनामा नदिने भएका छन् । तर, प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने प्रक्रियामा भने अनुपस्थित हुने निर्णय गरेका छन् ।
सिंहदरबार संसद् सचिवालयमा बसेको एमाले माधव नेपाल समूहका सांसदको बैठकले सो निर्णय गरेको हो ।
एमाले नेता भीम रावलले समूहिक राजीनामा नदिने तर मतदानको बेला अनुपस्थित हुने निर्णय भएको सञ्चारकर्मीलाई जानकारी गराए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।