आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विदेश घुम्न नपाउँदा उपेन्द्र यादवलाई छटपटी, मधेशका मुद्दा सम्बोधन गराउँदै महन्थ ठाकुर !

विदेश घुम्न नपाउँदा उपेन्द्र यादवलाई छटपटी, मधेशका मुद्दा सम्बोधन गराउँदै महन्थ ठाकुर !

  • मिडिया डबली
  • शनिवार, बैशाख २५ २०७८

  • 4.6K
    SHARES

  • विदेश घुम्न नपाउँदा उपेन्द्र यादवलाई छटपटी, मधेशका मुद्दा सम्बोधन गराउँदै महन्थ ठाकुर !

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव मधेशको मुद्दा थाँती राख्दै पुनः सत्तामा सहभागी हुन अग्रसरता देखाएका छन् । 

    यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भइसकेका यादव पुनः सरकारमा सहभागी हुन चाहेका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गएको तत्कालीन उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी (सपा) झण्डै २ वर्ष सरकारमा रह्यो । मधेशको मुद्दा सम्बोधन गर्ने विश्वास लिएर सरकारमा गएका उनलाई सुरुमा उपप्रधान तथा स्वास्थ्य मन्त्रालय दिए पनि पछि कानून मन्त्रालयको जिम्मेवारी दिइएको थियो । त्यसपछि उनलाई प्रधानमन्त्री ओलीले नै सरकारबाट बाहिरिन एक किसिमको दबाब दिएपछि उनले सरकार छाडेका थिए ।

    त्यहीँ भएर ओलीसँग चिढिएका यादव अहिले नेपाली कांग्रेस, माओवादी केन्द्रसँग मिलेर सरकारमा जाने दाउमा छन् । उनी पछिल्लो समयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नजिकिएका पनि छन् । यादव अहिले केपी ओली बाहेकका सरकारमा जान पार्टी फोड्न समेत तयारी गरिरहेका छन् ।

    जसपाकै एक पक्ष ओलीलाई सघाउने पक्षमा छन् भने यादव विगतमा आफूलाई सरकारमा भएको बखत गरेको व्यवहारले ओलीलाई मान्न तयार छैनन् । जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोले ओलीतिर लाग्दा मधेशका मुद्दा सम्बोधन हुने विश्वास गरेका छन् ।

    जसपाको मुख्य मागहरू सांसद रेशम चौधरीको रिहाइ र अन्य मधेसी तथा थारु आन्दोलनकारीहरूमाथी लगाइएको मुद्दाहरू फिर्ता लिनु रहेको र ती मागहरु पूरा हुने ठाकुर–महतो पक्षको भनाइ छ । यसो त ओली सरकारले गत हप्ता मात्रै मधेश आन्दोलको क्रममा लगाइएको १२० जनाको मुद्दा फिर्ता पनि लिइसकेको छ । 

    ठाकुर–महतोसँग ओलीले नागरिकता र संविधान संशोधनसँग सम्बन्धित अन्य मुद्दाहरू पनि छिट्टै समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

    जसपाकै एक पक्षले नेपाली राजनीतिमा प्रचण्ड लगायत धेरै नेताले मधेसका यी मागहरूमा सहयोग पुर्‍याउने वाचा गरेपनि कसैले पूरा गरेका छैनन् । प्रचण्ड, माधव नेपाल, डा. बाबुराम भट्टराई प्रधानमन्त्रीको रूपमा रहँदा समेत मधेश मुद्दाको सम्बोधन हुन नसकेको उनीहरूको बुझाइ छ ।

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने औपचारिक निर्णय गरेलगत्तै जनता समाजवादी पार्टी अध्यक्ष यादवको भूमिका बढेको छ ।

    नेकपा माओवादी केन्द्रले सरकार बनाउन कांग्रेसलाई साथ दिने भएपछि अध्यक्ष यादव पनि सरकारमा सहभागी हुने संकेत देखिन्छ । ओलीलाई सत्ताबाट हटाउन उनले प्रचण्ड संग पार्टी एकता गर्न पनि तयार रहेको जसपा एक नेताले बताए ।

    नयाँ सरकार गठनलाई लिएर दुईथरि धार रहेको भनिएको जसपा अब त्यसबारे खुल्नुपर्ने अवस्था आउने देखिन्छ । तर औपचारिक निर्णय जे भएपनि उपेन्द्र ओलीविरुद्ध प्रचण्डसँगै रहने देखिन्छ ।

    मधेशको मुद्दामाथि कुनै चिन्ता नरहेका यादव नयाँ सरकारमा गृहमन्त्री बन्ने कसरतमा लागेका छन् । उनी प्रचण्डसँग सरकारमा जान कुनै पनि सम्झौता गर्न तयार रहेको देखिन्छ ।

    सरकारमा रहँदा विदेशै विदेश, बाहिर आउँदा मधेश

    यादव केपी ओली नेतृत्वको सरकारमा रहँदासम्म मधेशको मुद्दाबारे कुनै चर्चा नै गरेनन । उनी सरकारमा रहँदा विदेश भ्रमण र पैसा कमाउन व्यस्त देखिए । ओली सरकारमै सहभागी रहेका एक मन्त्री भन्छन्, ‘उहाँ त्यति बेला मधेशको मुद्दाका बारेमा चर्चा गर्दा केही हदसम्म समाधान हुन्थ्यो होला । तर यादवजीलाई विदेश भ्रमणबाटै फुर्सद भएन ।’

    हुन त उनी सरकारमा रहँदा १ वर्षमा २५ वटा देश भ्रमण गरेको चर्चा पनि सञ्चारमाध्यमले गरिसकेका छन् ।

    यादव कुनै पनि सरकारमा रहँदा आफ्नै फाइदाको लागि मात्र काम गर्ने रुचि राख्ने व्यक्तिको रूपमा चिनिन्छन् । यादवले २०६६ सालमा २२ बुँदे सम्झौतामा हस्ताक्षर गर्दा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले २२ बुँदे सम्झौतामा उल्लेखित सबै मागहरूलाई सम्बोधन गर्न सम्भव नभएको बताएका थिए ।

    त्यतिखेर त्यो सम्झौता उपेन्द्र यादव आफू सरकारमा सामेल हुनको लागि मात्र गरेका थिए । यादव आफू सरकारमा त्यतिखेर पनि प्रधानमन्त्री खनाललाई कुनै पनि मागहरू सम्बोधन गर्न दबाब दिएनन् । यादव बारम्बार प्रमुख दलहरूसँग सम्झौता गरेर सरकारमा सामेल भए । मधेशी भावनामा शक्तिको आनन्द उठाए र आफ्नै नातेदारलाई मात्र फाइदा पुर्‍याए । त्यहीँ भएर होला मधेश आन्दोलनमा शहीद भएकाको परिवारले हालसम्म न्याय पाउन सकेका छैनन् ।

    ठाकुर र महतो पनि रणनीति बनाउनमा व्यस्त

    ठाकुर र नेता महतोबीच असमझदारी भएको खबरहरू आइरहेका छन् । तर निकट नेताहरुका अनुसार महन्थ र राजेन्द्र मधेश जित्ने गरी रणनीति बनाउनमा व्यस्त छन् । उनीहरू सत्ताभन्दा पनि मुद्दा सम्बोधन गरेर मधेश जिताउने रणनीतिमा छन् । यसका लागि अर्को हस्ताक्षर अभियान समेत सञ्चालनको तयारीमा छन् ।

    तर बाहिर भने महतोले महन्थको साथ छाडेको खबरहरू छ्यापछ्याप्ती आइरहेका छन् । नयाँ सत्ता गठबन्धनको समयमा कार्यकर्तामाझ तिक्तता बढाउन उपेन्द्र यादव र बाबुराम भट्टराई समूहले हुँदै नभएको हल्ला फैलाउन सक्रिय भएको ठाकुर निकटको भनाइ छ ।

    अध्यक्ष ठाकुर र नेता महतोबीच खटपट सुरू भएको र महतोले ठाकुरको साथ छोडेको भनेर आएको समाचारमा कुनै सत्यता नभएको जसपाका केन्दीय सदस्य संजय यादव बताउँछन् । उनले पार्टीभित्र नेताहरू आन्तरिक छलफलमा रहेकाले छिट्टै बैठक बसेर ठोस निर्णय लिने पनि बताएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २० २०७७०५:४३:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend