जम्मु काश्मीर - कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो समयमा भारतमा तीव्ररुपमा वृद्धि भएको छ । भारतमा हाल दैनिक चार लाखको हाराहारीमा कोरोना संक्रमित फेला पर्न थालेका छन् । भारतमा कोरोना भाइरस संक्रमणको अवस्थामा वृद्धि भएसँगै खोप कार्यक्रमलाई पनि तीव्रता दिइएको छ ।
कदक्षिण काश्मीरको पुलावामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि खोप कार्यक्रमलाई तीव्रता दिइएको पुलवामा असिस्टेन्ट डेपुटी कमिसनर शहबीर अहमद रैनाले जानकारी दिएका छन् । उनका अनुसार पुलावामा ६६ हजारलाई खोप लगाइ सकिएको छ ।
ल्लिाभर तीन लाखलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य राखिएको छ । जिल्लाभर खोप लगाउनका लागि आठवटा खोप केन्द्रहरु स्थापना गरिएका छन् । खोप लगाइसकेपछि फारुक अहमदले खोपको कुनै साइड इफेक्ट नभएको बताएका छन् ।
उनले भने, “मैले प्राथमिक स्वास्थ्य केन्द्र, नेवामा खोप लगाएको हुँ । यो मेरो पहिलो डोज खोप हो । मलाई कुनै समस्या भएको छैन । हामी सबैको लागि प्राणघातक रोगविरूद्ध खोप लगाउनु धेरै महत्त्वपूर्ण छ। खोपको कुनै साइड इफेक्ट छैन । साइड इफेक्टको अनावश्यक हल्ला फिँजाइएका छन् ।“
भारतका हाल कोरोनाविरुद्धका तीनवटा खोपलाई प्रयोगका लागि अनुमति दिइएको छ । भारतमा उत्पादन भएका कोभिशिल्ड र कोभ्याक्सिन तथा रुसले विकास गरेको स्पुतनिक भी खोपलाई मान्यता दिइएको छ । हाल दुई वटा खोपहरु प्रयोग भइरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।