आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

एमाले ‘मेलमिलाप केन्द्र’ बन्यो राष्ट्रपति कार्यालय

एमाले ‘मेलमिलाप केन्द्र’ बन्यो राष्ट्रपति कार्यालय

  • मिडिया डबली
  • शनिवार, बैशाख २५ २०७८

  • 5.9K
    SHARES

  • एमाले ‘मेलमिलाप केन्द्र’ बन्यो राष्ट्रपति कार्यालय

    काठमाडौं - राष्ट्रपति हुन चाहने व्यक्तिले आफू आबद्ध राजनीतिक दलको सदस्यता पहिले त्याग्नुपर्छ । जुन संविधानमै लेखेको पनि छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले पनि एमाले उपाध्यक्ष र पार्टीको सांसद पद त्यागेकी थिइन् राष्ट्रपतिको निर्वाचनताका ।

    तर, अहिले उनी एमालेकै डिफ्याक्टो प्रमुख बनेको देखिएको छ । राष्ट्रपति कार्यालय सम्मानित र सबैको अभिभावक हुनुपर्ने हो । तर, जबदेखि भण्डारी राष्ट्रपतिमा निर्वाचित भइन्, तबदेखि राष्ट्रपति पद र कार्यालयकै हुर्मत लिइएको छ ।

    हरेक दिनजसो एमालेका नेतालाई शीतल निवासमा बोलाउने, पार्टी सञ्चालनबारे छलफल र परामर्शमै राष्ट्रपतिको समय बित्ने गरेको छ । त्यति मात्र होइन, एमालेको प्रमुख भए जस्तै प्रधानमन्त्री केपी ओली दिनैपिच्छे शीतल निवास धाउन थालेका छन् ।

    एमालेमा अलिकति विवाद देखियो कि राष्ट्रपति भण्डारीलाई निद्रै नलाग्ने देखिएको छ । कहिले कुन त कहिले कुन नेतालाई बोलाएर छलफल गर्ने र दबाब दिने गरेकी छन् ।

    पछिल्लो समय ओलीको प्रधानमन्त्री पद खुस्किन लागेपछि राष्ट्रपति भण्डारीको निदहराम भएको छ । उनले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई बोलाएर थर्काउनसमेत भ्याइसकेकी छन् ।

    राष्ट्रपति भण्डारीको यो हर्कतलाई लिएर आमनेपाली जनता र विपक्षी पार्टीका नेताहरुले उनलाई राष्ट्रपति पद छाडेर सक्रिया राजनीतिमा आउन चेतावनी पनि दिइसकेका छन् । तर, पनि उनले राष्ट्रपति कार्यालय शीतल निवासलाई ‘एमाले मेलमिलाप केन्द्र’ बनाउन छाडेकी छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर २१ २०७७०७:०१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend