आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक विशेष

एमाले प्रवेश गर्ने माओवादी नेताको नियति पनि बादलकै जस्तै हुने

एमाले प्रवेश गर्ने माओवादी नेताको नियति पनि बादलकै जस्तै हुने

  • मिडिया डबली
  • शुक्रवार, बैशाख २४ २०७८

  • 12.1K
    SHARES

  • एमाले प्रवेश गर्ने माओवादी नेताको नियति पनि बादलकै जस्तै हुने
    फाइल तस्वीर

    काठमाडौं - माओवादी केन्द्र छाडेर एमाले प्रवेश गर्ने बेला गृममन्त्री रामबहादुर थापा बादलको चार्म बेग्लै थियो । पुष्पकमल दाहाल प्रचण्डको शेखी झार्न प्रधानमन्त्री केपी ओलीले बादलको सहारा लिएका थिए ।

    टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरिशंकर चौधरीलगायतलाई प्रचण्डबाट अलग्याएर ओलीले ठूलै सफलता हासिल गरेका थिए । अहिले ती माओवादी केन्द्र छाडेर जाने नेताको मन्त्री पद त कायम छ, तर सांसद पद छैन ।

    आगामी दिनमा पनि उनीहरूले टिकट पाउने र जितेर आउने भन्ने कुरा त आकाशको फल जस्तै हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचन प्रकरणले पुष्टि गरेको छ ।

    ०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट बादल बागमती प्रदेशबाट निर्वाचित भएका थिए । पछि एमालेमा प्रवेश गरेका थापाको सांसद पद गुमेकाले आगामी जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो ।

    खाली भएको यो क्षेत्रमा एमालेले बादललाई नै पुनः उम्मेदवार बनाउन चाहेको छ । तर, जित्ने ग्यारेन्टी नभएसम्म बादलले आफू चुनाव नउठ्ने भनेर बालुवाटारमा बबाल मच्चाएका छन् ।

    माओवादी केन्द्रले बादललाई राष्ट्रिय सभा सदस्य पदबाट निलम्बन गरेपछि प्रधानमन्त्रीले उनको स्थानमा उपचुनाव गर्ने निर्णय गरेका थिए । सोही अनुसार जेठ ६ गते राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन हुँदैछ ।

    त्यसका लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन तोकिएको छ । तर, विपक्षी संयुत्तः गठबन्धनले एमालेका युवा नेता खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने निर्णय गरेपछि बादलले हार्ने चुनाव नलड्ने भनेर बालुवाटारमा बबाल गरेको बुझिएको छ ।

    सोही कारण आज एमालेको स्थायी कमिटी बैठक डाकिएको छ । स्थायी कमिटीले बादलको ठाउँमा अर्को उम्मेदवार खडा गर्ने बुझिएको छ । राजनीतिमा लागेपछि जितहार त हुने नै गर्छ ।

    तर, जित्ने निश्चित नभएसम्म चुनावमा उठ्दिनँ भन्नुको मतलव बादललाई एमालेका जनप्रतिनिधिको मत जाँदैन भन्ने सन्देश पनि दिन खोजिएको छ । भोलिका दिनमा टोपबहादुर, लेखराज भट्ट, प्रभु साहलगायतको नियति पनि बादलकै जस्तो हुने निश्चित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख ६ २०७८०२:०८:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend