काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा ७ अध्यादेश जारी गरेकी छन् ।
राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यादेश जारी भएकोबारे जानकारी दिएका छन् ।
मंगलबार जारी भएका अध्यादेशहरू यसअघि नै जारी भएर प्रतिनिधि सभामा पेश हुन नसकेका अध्यादेशहरू रहेका छन् ।
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विवादित भएपनि फेरि जारी भएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।