काठमाडौं - प्रधानमन्त्री केपी ओलीको पक्षमा विश्वासको मत दिलाउन जसपाका सांसदको घरमा पैसाको झोला लग्न थालिएको बाबुराम भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले खुलासा गरेका छन् ।
पाण्डेले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस लेख्दै जसपा फुटको संघारमा पुगेको उल्लेख गरेका छन् । ‘कांग्रेस एमालेको विकल्प दिन भनेर राजनीतिमा उदाउने उद्घोष गरेको जसपा नेपाल करिब करिब फुटको संघारमा पुगेको छ ।
हामी सकभर फुट रोक्न प्रयासरत त छौं, तर हिजो बेलुकादेखि देशीविदेशी शक्तिहरू पैसाको झोलासहितको गाडीमा केही सांसद र कार्यकारिणी समिति सदस्यको घरदैलो गर्दैछ,’ पाण्डेले लेखेका छन्, ‘त्यो पैसाको झोला फिर्ता गर्ने सांसद र कार्यकारी समिति सदस्यलाई अनेकन डर र त्रास देखाइएको छ ।’
यस्तो छ विश्वदीप पाण्डेको स्टाटस नेपालको संसदीय राजनीतिमा पजेरो काण्ड, बैङ्कक काण्ड, सुरासुन्दरी काण्डलगायतका अनेकन कुख्यात काण्डहरूले कालो दाग छोडेका छन् ।
यो बीचमा नेपालको नदीनालामा निकै पानी बग्यो । पानी मात्रै होइन, हजारौं नेपालीको रगत र पसिना पनि बग्यो । व्यवस्था परिवर्तन गर्ने क्रान्ति र आन्दोलनहरु भए । जसले संसदीय राजनीतिमा लागेको त्यो दाग मेट्ने अपेक्षा गरिएको थियो ।
सुसंस्कृत राजनीति मार्फत । तर विडम्बना ती घृणा गर्न र बिर्सनलायक सबै काण्डलाई माथ गर्ने खालको, संसदीय राजनीतिलाई थप विकृत बनाउने कुकृत्य नेपाली राजनीतिमा पुनः हुन थालेको छ ।
सत्तासीन पार्टी आफू सत्तामा टिकिराख्न जुनसुकै स्तरमा गिर्न पनि तयार भएर आएको छ । प्रतिपक्षी दल पनि अराजनीतिक नांगो नाँच हेरेर आनन्द मानिरहेको छ ।
कांग्रेस एमालेको विकल्प दिन भनेर राजनीतिमा उदाउने उद्घोष गरेको जसपा नेपाल करिब करिब फुटको संघारमा पुगेको छ । हामी सकभर फुट रोक्न प्रयासरत त छौं तर हिजो बेलुकादेखि देशी(विदेशी शक्तिहरू पैसाको झोलासहितको गाडीमा केही सांसद र कार्यकारिणी समिति सदस्यको घरदैलो गर्दैछ ।
त्यो पैसाको झोला फिर्ता गर्ने सांसद रकार्यकारी समिति सदस्यलाई अनेकन डर र त्रास देखाइएको छ । यस्तो स्थितिमा जसपा फुटमा रमाउने भन्दा पनि लोकतन्त्र बचाउन र सुसंस्कृत राजनीति गर्नतर्फ लागौं । यो जसपाको मात्रै सरोकारको विषय होइन, पूरै लोकतन्त्र र देशको राजनीति कता लैजाने भन्ने गम्भीर विषय हो । यस्तो दुष्प्रवृत्ति नरोक्ने हो भने दुई दशकअघिको राजनैतिक कुसंस्कार थप झ्याँङ्गिदै जानेछ ।
क्रान्ति र आन्दोलनमा भएका वलिदानहरू खेर जानेछ । जनताका अपेक्षाहरू धुमिल हुनेछ । त्यसकारण यसलाई बेलैमा रोकौं, सबै सचेत बनौं । हाम्रो पुस्ता त यस्तै भयो, कम्तिमा हुर्कँदै गरेको भावी पुस्ताको लागि सोचौं ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।